Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, बैशाख १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पीके क्याम्पसमा नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी

- shuvadmin / शुक्रबार, चैत ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्ववियु निर्वाचनअन्तर्गत बागबजारको पद्मकन्या (पीके) क्याम्पसमा नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घका बागी उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।

अध्यक्षमा नेविसङ्घबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएकी भूपेश्वरी ऐर ‘भूपि’ विजयी भएकी हुन् ।

उनले नेविसङ्घकी पूर्णिमाया परियारलाई हराएकी हुन् । भूपीले ७३० मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी परियारले ३७९ मत मात्र ल्याइन् ।

यस्तै सचिव र कोषाध्यक्षमा भूपिकै प्यानलका स्वतन्त्र उम्मेदवारहरू सन्ध्या बस्याल र सङ्कल्पिका थापा विजयी भए । यी दुवैले नेविसङ्घका उम्मेदवारलाई नै पछि पारेका हुन् ।

यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता विक, स्वस्तिका विष्ट, आशु चौधरी आकृति पाण्डे, निशा कार्की र यानसु कटवाल विजयी भए ।

यी भूपिकै समूहका बागी उम्मेदवार हुन् । सधैँ नेविसङ्घको वर्चश्व रहने यस क्याम्पसमा यो पटक भने यो सङ्गठन रित्तोहात भएको छ ।

पीके क्याम्पसमा बिहीवार स्ववियुको निर्वाचन भएको थियो । नेविसङ्घकै विवादका कारण निर्वाचन दुई दिन पछि सरको थियो ।

Page Views: 28
संबन्धित शिर्षकहरु
फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
अस्पतालमा फोटो, भिडियो खिच्न राेक
साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
ताजा अपडेट
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama