Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

अब पक्षघातको औषधि नि: शुल्क, प्रतिबिरामी दुई लाख जोगिने

- shuvadmin / शुक्रबार, चैत ०७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पक्षघात भएका बिरामीको उपचारका लागि प्रयोग हुने औषधि नि: शुल्क वितरण गर्ने भएको छ।

मन्त्री पौडेलले गत माघ ३ गते यो औषधि निःशुल्क वितरण गर्ने निर्णय गरेकाले उक्त औषधि वितरणको काम सुरु गरिएको मन्त्रालयले जानकारी दिएको छ।

नेपालमा पक्षघातको उपचारमा प्रयोग हुने औषधि महँगो भएको जनगुनासो आएपछि मन्त्री पौडेलले उक्त औषधिलाई नि: शुल्क उपलब्ध गराइने घोषणा गरेका थिए।

नि: शुल्क औषधि अब अस्पतालहरूमा पठाउन थालिएको छ। बिहीवारदेखि नै मन्त्रालयले औषधिलाई अस्पतालहरूपमा पठाउनेछ।

सहयोगी संस्था डाइरेक्ट रिलिफले यो औषधि निशुल्क दिएको हो। उक्त औषधि वन हार्ट वर्ल्डवाइडका प्रतिनिधिले मन्त्रालयलाई हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले समयमै उपचार पाए ज्यान जोगाउन सकिने भएपनि आर्थिक अभावमा कतिपय नागरिकको ज्यान गएकाले महँगो औषधि सहयोग गरेकोमा दातालाई धन्यवाद ज्ञापन गरे।

‘निकै महँगो औषधि किनेर दिन गाह्रो परेको थियो,’ उनले भने, ‘कसरी उपलब्ध गराउन सकिन्छ भनेर पहल गरेका थियौं। अहिले औषधि उपलब्ध भएको छ।’

मन्त्री पौडेलले न्युरोलोजीका वरिष्ठ चिकित्सक भएका तीन स्थानमार्फत औषधि उपलब्ध गराउन थालिएको भन्दै नेपालको आवश्यकताका आधारमा थप प्राप्त गरेर उपलब्ध गराउँदै जाने बताए।

मन्त्रालयले तीनवटा संघीय अस्पतालमार्फत ती औषधि उपलब्ध गराउनेछ।

वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा भरतपुर अस्पतालमार्फत औषधि उपलब्ध गराइने मन्त्रालयको व्यवस्थापन महाशाखा प्रमुख डा. पवनजंग रायमाझीले जानकारी दिए।

यस्तो औषधीको बजार मूल्य झण्डै दुई लाख पर्छ। तर, आर्थिक अभावमा महँगो औषधि खर्च गर्न नसकेका कारण नेपालमा मानिसको ज्यान जाने तथा अपांगताको समस्या देखिने गरेको छ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने संख्या बढेको मन्त्रालयको विवरणमा छ।

महँगो तथा पाउन समेत गाह्रो हुने पक्षघातको औषधीको प्राप्ति र सहज उपलब्ध गराउन मन्त्री पौडेलले लामो समयदेखि थालेको पहलस्वरुप अमेरिकी च्यारिटी डाइरेक्ट रिलिफ तयार भएको हो।

मन्त्रालयसँग च्यारिटीले नेपालको मागका आधारमा ५ वर्षसम्मका लागि यस्तो औषधि सरकारको मागका आधारमा उपलब्ध गराउने गरी प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए।

Page Views: 85
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama