Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दलित परिवारको घर भत्काउने गाउँपलिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

- shuvadmin / शनिबार, चैत ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

सिरहा, सिरहामा महायज्ञका लागि दलित परिवारको घर भत्काउने प्रकरणमा संलग्न गाउँपालिका अध्यक्ष पक्राउ परेका छन् ।

औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव सहित पूर्ववडाध्यक्ष दिलीप यादवलाई प्रहरी पक्राउ गरेको हो ।

पीडितबाट जाहेरी आएपछि उनीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्यले जानकारी दिएका छन् ।

चैत १७ गतेदेखि हुन लागेको महायज्ञका लागि सिरहा औरही -५ का दीपक मलिक डोमको घर भत्काइएको थियो ।

प्रधानमन्त्री आवास कार्यक्रम अन्तर्गत निर्माण भएको उक्त घर भत्काउनका लागि गाउँपालिका अध्यक्षले सहमति पत्रमा जबरजस्ती हस्ताक्षर गराएका थिए ।

यस घटनामा संवेदनशील भएर कार्य नगरेको भन्दै गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाललाई शुक्रबारै मन्त्रालय तानेको छ ।

राष्ट्रिय मानवअधिकार आयोग तथा राष्ट्रिय दलित आयोगसमेतले घटनाको स्थलगत अनुगमन गरेका थिए ।

प्रतिनिधिसभाको बैठकमा समेत सांसदले पटकपटक यस घटनाका सम्बन्धमा संसदीय छानविन समिति गठनको माग गर्दै दोषीमाथि तत्काल आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको थियो ।

Page Views: 59
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama