Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आगामी निर्वाचनसम्म सबै माओवादीलाई एकताबद्ध गर्ने माओवादी अध्यक्ष दाहालको दावी

- shuvadmin / शनिबार, चैत ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

चितवन, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललेले आगामी आम निर्वाचनसम्ममा सबै माओवादीलाई पार्टीको झण्डामुनि एकताबद्ध गरिने बताएका छन् ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत आज चितवनमा आयोजित जागरणसभामा उनले माओवादी कमजोर हादा प्रतिगामी तत्व सलबलाएको बताए ।

‘वि.सं २०८४ को निर्वाचनमा माओवादीहरू र समाजवादीलाई एकताबद्ध गर्ने ठाउँमा ल्याउने तयारीमा छौँ।’

उनले भने, ‘अब माओवादी २०६४ सालमा हासिल गरेको चुनावी परिणम पुनः प्राप्त गर्नेतर्फ लागेको छ ।

आम जनतामा माओवादी केन्द्र एक्लै हिँड्न सक्दैन भन्ने भाष्य चिर्दै अघि बढ्ने छौँ ।’

आफूहरु पहिलेदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेको भन्दै उनले देशको विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुन आवश्यक रहेको बताए ।

माओवादी केन्द्रप्रति जनताको विश्वास बढेको अभियानका क्रममा आफूले महसुस गरेको बताउँदै उनले जनताको माग सम्बोधन गर्ने दल माओवादी केन्द्र भएको दाबी गरे ।

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले युगान्तकारी परिवर्तनका लागि माओवादी केन्द्र आवश्यक रहेको भन्दै नेपाली जनताको भरोसा माओवादी केन्द्रप्रति रहेको बताए ।

पार्टीका अर्का उपाध्यक्ष पम्फा भुसालले देशको विकासका निम्ति सुशासन अपरिहार्य भएको बताइन् ।

त्यस अवसरमा माओवादी केन्द्रका सचिव हितमान शाक्य, चितवन इञ्चार्ज घनश्याम दाहाल, जिल्ला संयोजक रामचन्द्र अधिकारीले अभियानका क्रममा पार्टीका शुभचिन्तक एवं कार्यकर्ताबाट प्राप्त सुझाव माओवादी केन्द्रका निम्ति अमूल्य रहेको बताए ।

Page Views: 88
संबन्धित शिर्षकहरु
थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
ताजा अपडेट
  • थाकेर आराम गर्ने समय छैन, देश संकटमा छ: प्रधानमन्त्री बालेन्द्र शाह विपदमा सरकारको सम्पूर्ण शक्ति परिचालन गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता
  • विपत्तिको बेला मातृभूमिको साथ उद्यमी विष्णुप्रसाद पुडासैनीले गरे ५१ लाखभन्दा बढी सहयोग
  • विपद् पीडितको उद्धार र राहतका लागि चौंरीदेउराली गाउँपालिकाद्वारा सरकारी कोषमा १० लाख रुपैयाँ सहयोग
  • रसुवाका बाढीपहिरो पीडितलाई सुनापति गाउँपालिकाको दुई लाख सहयोग
  • रसुवा बाढीमा निधन भएका १ हजार १ सय १४ जनाको शव फेला
  • सुनकाे मूल्य ३ लाखबाट तल झर्‍याे
  • नागढुंगा-नौबिसे सडककाे पातले वनमा सडक भासियाे
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama