Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

- shuvadmin / आइतबार, चैत ०९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।

आइतबार अपरान्ह स्थानीय नौरीगौढी ईंगलिश मेडियम स्कुलबाट पढेर घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख १४१७ नम्बरको ट्यांकरले ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए ।

मृत्यु हुने बालकमा विशालकुमार गोडिया र शिव कुमार गोडिया रहेको जानकारी प्राप्त भएको छ।

आक्रोशित भएका स्थानीयले साइकललाई ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन्।

प्रहरीका अनुसार सो घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरिरहेका छन् भने ट्यांकर चालकलाई बेतहनी प्रहरी चौकीमा राखिएकोले केही स्थानीयले चौकी घेरेर चौकीमाथि ढुंगा प्रहार गरेका छन्।

बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा त्यहाँ पुगेको प्रहरी टोलीमाथि पनि स्थानीयले ढुंगा प्रहार गरेको र चौकीमा समेत ढुंगा हानेकोले सो नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरेको सूचना आएको पनि प्रहरी प्रवक्ता डिएसपी पातलीले बताए ।

दुर्घटनामामा मृत्यु भएका बालकको शव अझै घट्नास्थलमै रहेको छ भने बेतहनी चोक र सो वरिपरि ठूलो संख्यामा स्थानीय भेला भएका छन्।

ट्यांकरका चालकले मादक पदार्थ सेवन गरेको र उनले ट्यांकरलाई ब्याक गरेर बालकलाई मारेको आरोप बालकका पिता हरिद्धार गोडियाले लगाएका छन् ।

Page Views: 58
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama