एजेन्सी, इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै छन् ।
यी दुई टिमबीचको खेल राति ७ः४५ देखि चेन्नईस्थित एम चिदम्बरम स्टेडियममा सुरु हुनेछ ।
जारी सिजनमा चेन्नई र बेंगलुरु दुवै लगातार दोस्रो जितको खोजीमा छ । बेंगलुरुले पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ७ विकेटको सानदार जीत निकालेको थियो ।
यस्तै, चेन्नईले मुम्बई इण्डियन्सलाई चार विकेटले हराउँदै विजयी सुरुवात गर्यो ।
हालसम्म चेन्नई र बेंगलुरुले ३३ खेलमा एकअर्काको सामना गरेका छन्, जसमा चेन्नईले २१ र बेंगलुरुले ११ खेल जितेको छ ।
यी दुई टिमबीचको एउटा खेल भने नतिजाविहीन बनेको छ ।