Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एफएनजे कर्पोरेट तथा मिडिया कपको उपाधि नेपाल इन्जिनियर एसोसिएसन र ग्लोबल आवाजले चुमे

- shuvadmin / मङ्गलबार, चैत १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

बुटवल, नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा बुटवलमा सम्पन्न एफ एनजे कर्पोरेट तथा मिडिया कप २०८१ को उपाधि नेपाल इन्जिनियर एसोसिएसन र ग्लोबल आवाजले चुमेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपाल इन्जिनियर एसोसिएसनले शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई ६–१ गोल तथा ग्लोबल आवाजले बुद्ध टिभीलाई ८–२ गोल अन्तर पराजित गर्दै उपाधि हात पारेको हो ।

कर्पोरेट तर्फ विजेता एसोसिएसन नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ भने ।

शंकरनगर खानेपानी भने नगद १५ हजारसहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा शंकरनगर खानेपानीका कुल बहादुर भण्डारी सर्वोत्कृष्ट खेलाडी, इन्जिनियर एशोसियनका शिव प्रसाद तिवारी उत्कृष्ट गोल रक्षक तथा एशोसियनकै प्रवीण सापकोटा सर्वाधिक गोलकर्ता घोषित हुँदै पुरस्कृत भए ।

यसैगरी मिडिया कपतर्फ विजेता ग्लोबल नगद १७ हजार ७७७ र उपविजेता बुद्ध टिभी नगद ७ हजार ७७७ रुपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्रबाट पुरस्कृत भएको छ ।

प्रतियोगितामा ग्लोबल आवाजका डिबि सुस्लिङ सर्वोत्कृष्ट खेलाडी, गर्जन पोस्टका विनोद खनाल उत्कृष्ट गोलरक्षक तथा ग्लोबल आवाजका इन्द्र खत्री सर्वाधिक गोलकर्ताबाट पुरस्कृत भएको महासंघका सचिव सीपी खनालले बताए ।

एक कार्यक्रमकावीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेल, महासंघका रुपन्देही शाखाका अध्यक्ष दिनेश पाण्डेयले पुरस्कार वितरण गदै धारणा राखेका थिए।

प्रतियोगितामा कर्पोरेट कप अन्तरगत २२ वटा समूह तथा मिडिया कप फुटसल प्रतियोगितामा रुपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको संयोजक सुमन श्रेष्ठले बताए ।

Page Views: 67
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • नेपाल पर्यटन बोर्डमा नवनियुक्त सदस्यलाई स्वागत, निजी क्षेत्रसँगको सहकार्य र सुशासनमा जोड
  • च्याउ खोज्न गएका १७ जनामध्ये तीन जना फेला
  • वैशाखदेखि विपद्मा परेर १६६ जनाको मृत्यु
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama