एजेन्सी, जस बटलरको विस्फोटक ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपीएल) मा दोस्रो जीत दर्ता गरेको छ ।
गएराति सम्पन्न खेलमा गुजरातले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा २ अंक जोडेको हो ।
गुजरातले लगातार दोस्रो जीत दर्ता गर्दा आरसीबीले भने आइपीएलमा पहिलो हार व्यहोरेको छ ।
हारका बाबजुद पनि आरसीबी अंक तालिकाको तेस्रो स्थानमा छ। लिगको ३ खेलमा २ खेलमा जीत र एक खेलमा हार भोगेको आरसीबी चार अंकमा तेस्रो स्थानमा छ ।

समान नतिजा र अंक भएपनि गुजरात नेट रनरेटमा अघि रहँदै चौथो स्थानमा रहेको हो ।
आरसिबीले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
गुजरातको जितमा जस बटलर ७३ र सेरफाने रुदरफोर्ड ३० रनमा अविजित रहे । ओपनर साइ सुदर्शन ४९ र कप्तान शुभमन गिल १४ अंकमा क्याच आउट भए ।
त्यसअघि बेंगलुरुमा गुजरातले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आरसिबीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६९ रनको योगफल तयार पार्यो ।
आरसीबीका लागि लियाम लिभिङस्टोनले बनाएको ५४ रन नै सर्वाधिक रह्यो । गुजरातका लागि मोहम्मद सिराजले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए।
साइ किशोरले २ विकेट लिए । आइपीएलमा आज कोलकता नाइड राइडर्स र सनराइजर्स हैदरावाद भिड्नेछन् ।