Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, बैशाख ०७, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

३४ वर्षीय ग्याब्रियल एटल फ्रान्सको प्रधानमन्त्रीमा नियुक्त

- shuvadmin / बुधबार, पुष २५, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आफ्नो राष्ट्रपति पदलाई नयाँ गति दिनका लागि मंगलबार ग्याब्रियल एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

खुलारूपमा आफूलाई समलिङ्गी बताउने ३४ वर्षीय एटल फ्रान्सको सबैभन्दा कम उमेरमा सरकार प्रमुख बनेका हुन् ।

धेरै दिनको अडकलबाजीसँगै कार्यालयमा दुई वर्षभन्दा कम समय सेवा गरेपछि ६२ वर्षीया एलिजाबेथ बोर्नको राजीनामा राष्ट्रपति म्याक्रोनले स्वीकार गरेका थिए ।

यो परिवर्तन पेरिसमा हुन लागेको ओलम्पिक खेल र यस गृष्ममा युरोपेली संसद्को निर्वाचनभन्दा पहिला भएको छ ।

म्याक्रोनको मध्यमार्गी शक्ति मरिन ले पेनको नेतृत्वमा अति दक्षिणपन्थीको हातबाट पराजयको जोखिममा छ ।

म्याक्रोनले आफ्नो राष्ट्रपति पदको अन्तिम तीन वर्षका लागि आफ्नो टिमलाई सुदृढ गर्न खोजिरहेको बेला यही साता मन्त्रिपरिषद्मा व्यापक फेरबदल हुने अपेक्षा गरिएको छ ।

फ्रान्सेली सरकारको नेतृत्व गर्ने दोस्रो महिला बोर्नपछि एटलले प्रधानमन्त्री कार्यालयको कार्यशैलीमा ठूलो परिवर्तन ल्याउने तयारी गरेका छन् ।

सोमबार बोर्नले राजीनामा दिएपछि एटलको नियुक्तिको अपेक्षा गरिएको थियो । द्रुत घोषणाको अनुपस्थितिले प्रभावशाली सरकारी अधिकारीहरू एटलको जबरजस्त पदोन्नतिबाट असन्तुष्ट थिए भन्ने हल्ला फैलिएको थियो ।

यद्यपि आन्तरिकमन्त्री गेराल्ड डर्मानिन तथा वित्तमन्त्री ब्रुनो ले माइरेसहित तनावको पछाडि रहेका भनिएका नजिकका स्रोतहरूले यसको कडा खण्डन गरेका छन् ।

एटलको तुलना उनका गुरु राष्ट्रपति म्याक्रोनसँग गर्न थालिएको छ । जुनमा युरोपेली निर्वाचन र त्यसपछि सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनमा अति दक्षिणपन्थीहरूसँग म्याक्रोनको मध्यमार्गी शक्तिहरूको जित सुनिश्चित गर्नु एटलको सबैभन्दा महत्त्वपूर्ण काम हुनेछ ।

यति सानो उमेरमा उच्च पद ग्रहण गरेपछि एटलको तुलना म्याक्रोनसँग गरिन थालिएको हो । म्याक्रोन ३९ वर्षको उमेरमा फ्रान्सको राष्ट्रपति बनेका थिए ।

एटलले लरेन्ट फाबियसको यसअघिको रेकर्ड तोडेका छन् । फाबियसलाई सन् १९८४ मा ३७ वर्षको उमेरमा फ्रेन्कोइस मितराँले प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

फ्रान्सेली सञ्चारमाध्यमले सन् २०२७ मा फ्रान्सेली राष्ट्रपतिले आफ्नो कार्यकालको सीमा नाघ्दा एटलले एलिसी प्यालेसमा म्याक्रोनको स्थान लिनसक्ने अनुमान गरेका छन् ।

सेप्टेम्बरमा फ्रान्सेली साप्ताहिक पोइन्टले भनेको थियो, ‘ग्याब्रिएल एटल, नयाँ म्याक्रोन  ?’

Page Views: 29
संबन्धित शिर्षकहरु
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ बुधबार
ताजा अपडेट
  • चट्याङ लागेर एक युवकको मृत्यु
  • काठमाडौं-ढाका सिधा उडान गर्ने तयारी
  • आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
  • अक्षय तृतीया सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै
  • रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न
  • केहि भागमा आंशिक बादलसहित पानी पर्ने
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama