Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, बैशाख १६, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चीन विरोधी भनेर चिनिने विलियम लाइ ताइवानको नयाँ राष्ट्रपतिमा निर्वाचित

- shuvadmin / आइतबार, पुष २९, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, ताइवानको सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टीले लगातार तेस्रो राष्ट्रपतीय जीत हासिल गरेको छ ।

दुई विपक्षी प्रतिद्वन्द्वीे दलले पराजय स्विकार्दै निर्वाचनको परिणामलाई आत्मसाथ गर्ने बताएका छन् ।

मतदाताहरुले भने चिनिया प्रभावलाई भन्दा पनि ताइवानको चाहनालाई मतदान मार्फत प्रकट गरेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपतिका रुपमा विजयी भएपछि विलियम लाईले समर्थकलाई सम्बोधन गर्दै भनेका छन् – “यो एक रात हो जुन ताइवानको हो ।

हामीले ताइवानलाई विश्वको नक्सामा राख्न सफल भयौं ’ । ताइपेईको सडकमा हजारौं उत्साही समर्थकलाई सम्बोधन गर्दै, नव निर्वाचित राष्ट्रपति विलियमले आफ्नो जितलाई लोकतन्त्रको विजयको रूपमा चित्रण गरेका छन् ।

विलियम लाइ चीन विरोधीका रुपमा चिनिन्छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग कुरा गर्दै विलियम लाइले चीनसँगको सम्बन्धमा अत्यन्तै सतर्क रहने बताएका छन् ।

उनले चीनसँग आपसी सम्मानका आधारमा संवाद र सहयोग रहने बताए । अबको चार महिनापछि विलियमले मे १० तारिखमा ताइवानको राष्ट्रपतिको शपथ लिने छन् ।

ताइवानी मतदाताहरूले विलियम लाइलाई भावी राष्ट्रपतिको रूपमा चुनेसँगै चीनको प्रभावबाट मुक्त हुन खोज्ने ताइवानी बाटोलाई थप फराकिलो बनाएको विश्लेषणहरु हुन थालेका छन् ।

पछिल्लो परिणामले बेइजिङ्गलाई थप निराशा बनाएको छ । नवनिर्वाचित राष्ट्रपति विलियम चीन नीतिविरुद्ध कडा प्रतिवाद गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

राष्ट्रपति र संसदीय चुनावमा झण्डै एक करोड ९० लाखले मतदान गरेको बीबीसीले जनाएको छ ।

ताइवानलाई चीनले आफ्नै देशको हिस्सा दाबी गरिरहदा आएको पछिल्लो परिणामलाई विश्वले नै चासोपूर्वक हेरेका छन् ।

Page Views: 27
संबन्धित शिर्षकहरु
नेकपाले प्रदेश इञ्चार्ज र संयोजक ताेक्याे
आज देशभर २०औँ लोकतन्त्र दिवस मनाइँदै
सञ्चार मन्त्रालयको विज्ञप्तिप्रति अनलाइन पत्रकार संघको आपत्ति
ताजा अपडेट
  • त्रिपुरासुन्दरीमा पनि डोजर चलाउने तयारी
  • सेनाले यसकारण माग्यो सुकुम्बासीको विवरण
  • प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा कविता महोत्सव, उत्कृष्टलाई ५० हजार
  • बीपी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द
  • विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
  • हावाहुरीसहित वर्षाकाे सम्भावना
  • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
  • सिरहाकाे नेपाल-भारत सीमाबाट लाखाैँकाे सामग्री बरामद

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama