Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपालबाट पाँच महिनामा अध्ययन र भ्रमणका लागि एक खर्ब २३ अर्ब रुपैयाँ बाहिरियो

- shuvadmin / आइतबार, पुष २९, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, पछिल्लो ५ महिनामा नेपालबाट अध्ययन र भ्रमण गर्न जानेले एक खर्ब भन्दा बढी रुपैयाँ बिदेशमा खर्च गरेका छन् ।

पछिल्लो पाँच महिनामा मुलुकबाट एक खर्ब २३ अर्ब रुपियाँ बिदेसिएको हो । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार साउनदेखि मङ्सिरसम्मको अवधिमा खरबौं रुपैया बाहिरिएको छ ।

पछिल्लो ५ महिनामा बाहिरिएको रकम गतवर्ष भन्दा ३९ अर्बले बढी हो । अघिल्लो वर्ष यही अवधिमा ८४ अर्ब रुपैयाँ बाहिरिएको थियो ।

श्रम तथा अध्ययनका लागि बिदेसिनेको संख्या बढ्न थालेपछि मुलुकबाट बाहिरिने रकम पनि बढ्न थालेको छ ।

साउनदेखि मङ्सिरसम्म भ्रमणबापत नेपालबाट ७५ अर्ब ७३ करोड रुपियाँ बाहिरिएको छ । गत वर्ष सोही अवधिमा भ्रमणबापत ४७ अर्ब ४८ करोड रुपियाँ बाहिरिएको थियो ।

अध्ययन र भ्रमणका लागि नेपालबाट पछिल्लो ५ महिनामा बाहिरिएको कुल रकम नेपालले वस्तु निर्यातबाट गरेको कुल आम्दानीको तुलनामा दोब्बरभन्दा बढी हो ।

यस अवधिमा नेपालले ६२ अर्ब रुपियाँको मात्र निर्यात गरेको थियो । त्यस्तै विदेशीले नेपालमा भ्रमणबापत गर्ने खर्चको तुलनामा भ्रमणबापत बाहिरिने रकम दोब्बरभन्दा बढी हो ।

यो ५ महिनामा नेपालले पर्यटकको भ्रमणबाट ३३ अर्ब ९४ करोड रुपियाँ आम्दानी गरेको छ जुन नेपालीले भ्रमणबापत खर्च गरेको रकमको तुलनामा करिब ४२ अर्ब रुपियाँले कम हो ।

Page Views: 88
संबन्धित शिर्षकहरु
उद्योग वाणिज्य समितिको बैठक बस्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama