Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, भदौ ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कोरियन भाषा परीक्षा धकेलियो एक महिनापछि

- shuvadmin / सोमबार, माघ ०१, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाडौं, दक्षिण कोरियामा औधोगिक क्षेत्रको रोजगारीका लागि लिइने ईपीएस भाषा परीक्षा एक महिना पछि धकेलिने भएको छ।

यसअघि एचआरडी कोरिया र ईपीएस कोरिया शाखाबीच माघ ६ गते ( जनवरी २०)  देखि परीक्षा सञ्चालन गर्ने सहमती भएपनि उक्त मितिमा परीक्षा सञ्चालन नहुने निश्चित भएको हो।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार सञ्चालनका लागि तयारी नपुग्दा परीक्षा करिव एक महिना पछि धकेलिने भएको छ।

एचआरडी कोरियाले ईपीएस शाखालाई माघ २१ गते ( फेब्रुअरी ४)  मा सूचना जारी गरेर तेस्रो हप्तामा परीक्षा सञ्चालन गर्ने गरी तयारी गर्न भनेको छ।

भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या धेरै भएपछि यसअघि तयारी गरेको मितिमा परीक्षा सञ्चालन गर्न नसकिएको एचआरडी कोरियाले ईपीएस शाखालाई जानकारी गराएको छ।

यसअघि कम्प्युटरबाट परीक्षा दिँदा एक लाखभन्दा कम भएको र सोही अनुसारको प्रणालि तयार रहेको तर अहिले एकलाख बढी आवेदक भएपछि प्रणालिमा केही परिवर्तन गर्नु पर्ने भएकाले परीक्षा सञ्चालनमा केही ढिलाइ भएको महानिदर्देशक घिमिरेले बताए।

‘पहिले सिस्टम हजारको डिजिटमा थियो, अहिले लाखको डिजिटमा बनाउनु पर्दा समय लाग्ने भयो। उनीहरुले सिस्टम सिक्स डिजिटको बनाएर खुला गरिदिएका छन्।

त्यसपछि अपलोट गर्दा समय लागेको हो’, महानिर्देशक घिमिरेले भने, ‘फेब्रुअरी ४ सम्ममा सूचना निकाल्न सकिन्छ होला भन्ने कुरा भएको छ। तर, फेब्रुअरीमा परीक्षा हुन्छ।’

उत्पादनमुलक क्षेत्रको रोजगारीका लागि हुने भाषा परीक्षामा करिव १ लाख ६४ हजार जनाले आवेदन दिएका छन्। उनीहरूलाई तीन चरणमा भाषा परीक्षामा सहभागी गराइने छ।

पहिलो चरणमा ४७ हजारले परीक्षा दिन पाउने छन्। दोस्रो चरणमा ८० हजार र बाँकीले तेस्रो चरणमा भाषा परीक्षामा सहभागी हुन पाउने छन्।

सुरुमा आवेदन खुलाउँदा पानी जहाज निर्माण क्षेत्रको परीक्षामा सहभागी भएकाहरुलाई उत्पादनमुलक क्षेत्रमा सहभागी नगराउने भनिएको थियो।

तर, उच्च अदालत पाटनले उनीहरुलाई पनि आवेदन दिने व्यवस्था गर्नु भनेपछि सामेल गराइएको हो। पानी जहाज निर्माण क्षेत्रमा आवेदन दिएका करिव २१ हजारले पछि आवेदन दिएका थिए।

एक लाख ६४ हजार जनाको परीक्षा लिनका लागि समय धेरै लाग्ने भएपछि ईपीएस शाखाले थप उपकरण माग गर्दै कोरियालाई पत्र पठाइसकेको छ।

अहिले दैनिक ५ सिफ्टमा परीक्षा सञ्चालन गर्दा एक हजार जनाले मात्रै दिन सक्नेछन्। क्षमता बढाउनका लागि कोरियालाई आग्रह गरिसकेको पनि महानिर्देशक घिमिरेले बताए।

भाषा परीक्षा शनिबार र आइतबार पनि सञ्चालन गर्ने तयारी छ।

दक्षिण कोरियाले ईपीएस प्रणालीमार्फत १६ देशबाट श्रमिक लैजान्छ। तीमध्ये अहिले सबैभन्दा बढी नेपालीले प्राथमिकता पाएका छन्।

उत्पादनमूलक क्षेत्रको परीक्षामा सामेल हुन पाउनु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएका दुई जनाको ज्यानसमेत गएको थियो।

Page Views: 91
संबन्धित शिर्षकहरु
उद्योग वाणिज्य समितिको बैठक बस्दै
आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
पूर्वराजा ज्ञानेन्द्र र धवलशम्शेरबीच भेट
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama