Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

क्यान बोर्ड बैठक शुरु, एनपीएल समीक्षा र आर्थिक प्रतिवेदन मुख्य एजेन्डा

- shuvadmin / बिहिबार, साउन १६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल क्रिकेट संघ क्यानको बहुप्रतीक्षित बोर्ड बैठक आज बिहान मूलपानीस्थित केन्द्रीय कार्यालयमा शुरु भएको छ।

अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षतामा शुरु भएको बैठकमा नेपाल प्रिमियर लिग एनपीएलको पहिलो संस्करणको समीक्षा र आर्थिक प्रतिवेदन मुख्य एजेन्डाका रूपमा प्रस्तुत हुने भएको छ।

क्यान भित्रैका केही असन्तुष्ट सदस्यले एनपीएल अपारदर्शी रूपमा सञ्चालन गरिएको आरोप लगाउँदै बैठकमा सम्पूर्ण विवरण सार्वजनिक गर्न माग गरेका छन्।

यही कारण आजको बैठकलाई क्रिकेट सरोकारवालाहरूले विशेष चासोका साथ हेरिरहेका छन्।

सचिव र कोषाध्यक्षद्वारा प्रस्तुति

बैठकमा क्यानका सचिव पारस खड्का ले एनपीएल आयोजनाको समग्र समीक्षा प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष पदम खड्काले आर्थिक प्रतिवेदन बोर्डमा पेस गर्ने तयारी छ।

क्यानले पहिलो संस्करणमै मुनाफा भएको दाबी गरे पनि यसको यथार्थ विवरण, आम्दानी, खर्च र पारदर्शिता अझै प्रश्नको घेरामा छ।

विशेषतः खेलाडी भुक्तानी, प्रायोजन सम्झौता, बजेट व्यवस्थापन लगायतका विषयमा स्पष्ट विवरण बाहिर नआएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ।

विश्वास पुनःस्थापना आवश्यक

क्रिकेट सम्वद्ध विश्लेषकहरू भन्छन्, “क्यानले यदि आजको बैठकमार्फत सम्पूर्ण आर्थिक र व्यवस्थापन विवरण सार्वजनिक ग¥यो भने मात्र संस्था प्रतिको विश्वास फर्किन सक्छ।” उनीहरूका अनुसार, एनपीएलजस्तो ठूलो आयोजनामा पारदर्शिता कायम गर्नु संघको दायित्व हो।

दोस्रो संस्करणको भविष्यप्रति चासो

आजको बैठकले एनपीएलको दोस्रो संस्करणको सम्भावना, समयावधि र तयारीको खाका पनि तय गर्ने अपेक्षा गरिएको छ।

आयोजक र क्यान नेतृत्वले “सबै प्रक्रिया नियमानुसार भएको” जिकिर गर्दै आलोचनालाई अस्वीकार गर्दै आएका छन्।

एनपीएलको सफलतासँगै उठेका प्रश्नको उत्तर क्यानको पारदर्शिता र जवाफदेहितामै निर्भर रहनेछ।

आजको बैठक त्यस दिशामा निर्णायक बन्ने अपेक्षा राखिएको छ।

Page Views: 26
संबन्धित शिर्षकहरु
आज नेपाल र यूएई भिड्दै
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama