Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

कहिल्यै जहाज नबनाएको कम्पनीले बनाउँदै छ विश्वकै ठूलो विमान

- shuvadmin / आइतबार, साउन १९, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, ‘विन्डरनर’ नामक एक महत्वाकांक्षी विमान निर्माण परियोजना सुरु भएको छ, जसले हावाका ठूला टर्बाइनहरूलाई सस्तो र सहज रूपमा दुर्गम स्थानसम्म पुर्‍याउन सहयोग हुने अपेक्षा गरिएको छ ।

यो विमान कुनै एअरबस, बोइङ वा लकहीडजस्ता ठूला अमेरिकी विमान निर्माता कम्पनीले बनाउन लागेको होइन, ‘राडिया’ नामक कम्पनीले बनाउन लागेको हो, जसले अहिलेसम्म कुनै विमान बनाएको छैन ।

सिरियल उद्यमी तथा एयरोस्पेस इन्जिनियर मार्क लुन्डस्ट्रोमले तटवर्ती वायु ऊर्जा उद्योगको आकारलाई व्यापक रूपमा विस्तार गर्न सन् २०१६ मा ‘राडिया’ स्थापना गरेका थिए ।

लुन्डस्ट्रोमकाअनुसार १०८ मिटर लामो र ८० मिटर पखेटा फैलावट हुने यो विमानले ८० मिटरदेखि १०५ मिटर लामासम्मका टर्बाइन ब्लेडहरू बोकेर उड्न सक्नेछ ।

यसले ७४ टनसम्मको भार २,००० किलोमिटर (१,२०० माइल) टाढासम्म पुर्‍याउन सक्ने क्षमताको दाबी गरिएको छ ।

यो विशाल विमान अलिकति मात्र तयार रनवेमा पनि अवतरण गर्न सक्ने गरी बनाइँदैछ ।

तर, विमानको आकारकै कारण यसको उडान मुख्य रूपमा अमेरिका, युरोप र दक्षिण अमेरिका भित्र मात्र सीमित रहने अनुमान गरिएको छ ।

“ठूला वस्तुहरू सार्न नसक्ने समस्या नै अहिले अनशोर टर्बाइनलाई सुपर–साइज गर्न नदिने बाधा हो,” लुन्डस्ट्रोम भन्छन्, “हाम्रो मुख्य सिद्धान्त भनेको नयाँ केही नगर्ने र मिशनका लागि आवश्यक न्यूनतम योग्य विमान बनाउने हो ।”

“यसैले कम्पनीले कुनै नयाँ नियम, आपूर्ति शृंखला वा ह्याङ्गर आवश्यक नपर्ने बनावट रोजेको छ,” उनी थप्छन् ।

समुद्रमा जडान गरिने टर्बाइन ब्लेडहरू १०० मिटर (३४५ फिट) वा सोभन्दा बढी लम्बाइका हुन्छन्, तर स्थलमा प्रयोग हुने ब्लेडहरू ७० मिटर आसपास मात्र हुन्छन् ।

कहिल्यै जहाज नबनाएको कम्पनीले बनाउँदै छ विश्वकै ठूलो विमान

कारखानाबाट मैदान वा पठारको दुर्गम स्थानमा यति ठूलो चीज ढुवानी गर्न कठिनाइ हुने गर्दछ ।

फलस्वरूप तटवर्ती वायु ऊर्जाको आर्थिक व्यवहार्यतालाई सीमित गर्दछ ।

यदि यो समस्या समाधान गर्न सकियो भने लुन्डस्ट्रोम भन्छन्, “लामो ब्लेडहरूले तटीय वायु फार्महरूलाई कम लागतमा बढी ऊर्जा उत्पादन गर्न मद्दत गर्नेछन् ।

त्यसले अमेरिकामा वायु फार्महरूको लागि आर्थिक रूपमा व्यवहार्य जमिनलाई दोब्बर वा तेब्बर गर्न सकिन्छ ।

र, विश्वव्यापी रूपमा सन् २०५० सम्ममा यी “सुपर” टर्बाइनहरूमध्ये दश लाखभन्दा बढी निर्माण गर्न सक्षम हुन सक्छन् ।” यस अभियानलाई उनले ‘गिगाविन्ड’ नाम दिएका छन् ।

कोलोराडोमा रहेको कम्पनीले १५० मिलियन डलरभन्दा बढी रकम उठाएको छ र सम्भावित समाधानस् विन्डरनर शुरु गर्न उच्च प्रोफाइल सल्लाहकारहरूलाई आकर्षित गरेको छ ।

इतिहासको सबैभन्दा ठूलो हावा भन्दा भारी मेसिन विशाल हावा टर्बाइन ब्लेडहरूको ढुवानीलाई धेरै सजिलो बनाउन र तटीय वायु ऊर्जामा क्रान्ति ल्याउन उक्त विमानको डिजाइन गरिएको लुन्डस्ट्रोम बताउँछन् ।

तस्वीर स्रोत – राडियाविमान निर्माणको अनुभव नभएको कम्पनीले यस्तो महत्त्वाकांक्षी परियोजना अघि बढाउँदा कतिपयले आशंका व्यक्त गरेका छन् ।

तर, राडियाले इटालीको ‘लियोनार्डो’लाई फ्युसेलाज निर्माणको जिम्मा दिएको छ भने स्पेनको ‘एर्ननोभा’लाई पखेटा र इञ्जिन पायलन निर्माणमा साझेदार बनाएको छ ।

अमेरिकी कम्पनी ‘एफ्युजन’ले सुरक्षासम्बन्धी प्राविधिक निरीक्षण गर्दैछ ।

तर, अझैसम्म इञ्जिन आपूर्तिकर्ता कम्पनी सार्वजनिक गरिएको छैन । कम्पनीकाअनुसार चाँडै इञ्जिन आपूर्तिकर्ता घोषणा गरिनेछ ।

“हामीले पहिले नै प्रमाणित इञ्जिन छनोट गरिसकेका छौं र त्यसको समायोजनको काम गरिरहेका छौं,” राडियाका प्रवक्ताले भने, “कम्पनीले विमान निर्माणमा यथासम्भव पहिले देखिका घटकहरू प्रयोग गर्ने भएकाले लागतसमेत न्यून हुनेछ ।”

विन्डरनरको व्यावसायिक सम्भाव्यता मात्र पवन उर्जा सीमित नभई रक्षा क्षेत्रमा पनि देखिएको छ ।

सन् २०२५ को मे महिनामा अमेरिकी रक्षा मन्त्रालयले विन्ड रनरको सैन्य उपयोगबारे अध्ययन गर्न राडियासँग सम्झौता गरेको थियो ।

तर, राडियाले भने यो मुख्य उद्देश्यबाट विचलित नभएको स्पष्ट पारेको छ । “हाम्रो प्रमुख लक्ष्य भनेको अनशोर विन्द उर्जा क्षेत्रको विस्तार हो,” कम्पनीले उल्लेख गरेको छ ।

हालसम्म कम्पनीले सानो आकारको विन्ड रनरको मोडललाई पवन सुरुङ परीक्षणमा मात्र प्रयोग गरेको छ ।

तर, कम्पनीले भौतिक प्रोटोटाइप नबनाई सिधै केही ठूला परीक्षण विमान बनाउने योजना अघि सारेको छ, जुन सन् २०३० भित्र परीक्षण उडानमा लैजाने तयारी गरिएको बताइएको छ ।

यदि राडियाले योजना अनुसार विमान निर्माण गर्न सफल भयो भने यो विमान केवल पवन टर्बाइन मात्र होइन, रणनीतिक सैन्य ढुवानीको क्षेत्रमा पनि विश्वकै सबैभन्दा ठूलो विमान बन्नेछ ।

तर, अझै धेरै काम बाँकी छ, अनि ठूलो ‘उडान’ अघि ठूलो ‘उद्यमिक जोखिम’ पनि छ ।

सोभियत संघको विशाल विमान एएन-२२५ को विनाश सन् २०२२ मा युक्रेनमाथिको रूसी आक्रमणको सुरुवातमा भयो ।

यो विमान मात्र एउटा थियो, जसले रेल इन्जिनदेखि टर्बाइन ब्लेडसम्म बोक्नसक्थ्यो ।

बीबीसीबाट

Page Views: 44
संबन्धित शिर्षकहरु
४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
ताजा अपडेट
  • आगलागीमा करोडाैंको क्षति
  • आज मातातीर्थ औंसी मनाइँदै
  • केहि स्थानमा वर्षा र हिमपात हुने
  • पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
  • ४ देशमा खुल्यो पुन: श्रम स्वीकृति
  • यो वर्षको पहिलो कारोबार दिन सेयर बजार ३३ अंक बढ्यो
  • शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता
  • सैनिक मञ्‍चमा मनाइयो प्रथम अन्तर्राष्ट्रिय आरोग्य दिवस,

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama