Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाली राष्ट्रिय महिला टिम फिफा वरीयतामा हालसम्मकै उच्च स्थानमा

- shuvadmin / बिहिबार, साउन २३, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, फिफा महिला वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले हालसम्मकै उच्च स्थान हासिल गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार अद्यावधिक गरेको नयाँ वरीयताअनुसार नेपाली टिम ८७औँ स्थानमा छ ।

नेपाली महिला फुटबलले पाएको यो हालसम्मकै उच्च वरीयता हो । नेपाल योपटक १३ स्थानमाथि उक्लियो । नेपाली टिम यसअघि १००औँ स्थानमा थियो ।

फिफा वरीयतामा यसअघि नेपाली टिमको उच्च स्थान ९१औँ थियो । नेपालले सन् २०१७ को डिसेम्बर १५ मा उक्त स्थान हासिल गरेको थियो ।

नेपाली महिला टिमले फिफाको जुलाई विन्डोमा एएफसी एसियन कप छनोटअन्तर्गत लाओस, श्रीलंका र उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गरेको थियो ।

छनोटको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।

नेपाली टिमले त्यसअघि छनोटमा लाओसलाई ९–० ले पराजित गरेको थियो । नेपालले श्रीलंकाविरुद्ध ८–० को जीत निकालेको थियो ।

नेपालले अन्तिम खेलमा उज्वेकिस्तानविरुद्ध निर्धारित समयसम्म २–२ को बराबरी खेलेको थियो ।

तर, पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा एसियन कप खेल्ने नेपालको सम्भावना समाप्त भएको थियो ।

फिफाको दक्षिण एसियाली वरीयतामा नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान र भुटानको पनि स्थान सुधार भएको छ ।

भारत दक्षिण एसियाको शीर्ष स्थानमा छ । भारत सात स्थान सुधार गर्दै ६३औँ वरीयतामा उक्लिएको छ ।

दक्षिण एसियाली वरीयताको तेस्रो स्थानमा रहेको बंगलादेशले पनि कीर्तिमानी सुधार गरेको छ ।

फिफाको अगस्ट वरीयतामा बंगलादेशले सबैभन्दा धेरै २४ स्थान सुधार गरेको छ । बंगलादेश १०४औँ स्थानमा उक्लिएको छ ।

दक्षिण एसियाको चौथो स्थानमा पाकिस्तान छ । पाकिस्तान तीन स्थान सुधार गर्दै १५४औँ वरीयतामा उक्लिएको छ ।

पाँचौँ स्थानमा श्रीलंका छ । श्रीलंका दुई स्थान घट्दै १६५औँ वरीयतामा झरेको छ । छैटाँै स्थानमा भुटान छ ।

भुटान आठ स्थान उक्लँदै १६३औँ वरीयतामा छ । पुछारमा रहेको माल्दिभ्स दुई स्थान घटुवामा पर्दै १६५औँ वरीयतामा छ ।

विश्व वरीयता

विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ । स्पेन यसअघि दोस्रो स्थानमा थियो । स्पेनले एक स्थान सुधार गरेको हो ।

अमेरिका पहिलोबाट दोस्रो स्थानमा झरेको छ । तेस्रोमा तीन स्थान सुधार गर्दै स्वीडेन आएको छ ।

चौथो वरीयतामा इंग्ल्यान्ड छ । इंग्ल्यान्डले एक स्थान सुधार गरेको हो । दुई स्थान घटुवामा परेको जर्मनी पाँचौँ वरीयतामा छ ।

Page Views: 59
संबन्धित शिर्षकहरु
नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
कतारमाथि क्यानडाकाे गाेलकाे वर्षा ६–० को जित
घानाले पानामालाई १–० गोलले हरायाे
ताजा अपडेट
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान
  • ९९ केन्द्रीय सदस्यका लागि ४ सयबढीकाे उम्मेदवारी
  • ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५० जना सवारीचालक कारबाहीमा
  • रास्वपाकाे सभापतिमा रवि लामिछाने निर्विरोध
  • उपत्यकालगायत विभिन्न जिल्लामा बर्डफ्लुको संक्रमण
  • सुनचाँदीको मूल्यमा गिरावट
  • अत्यधिक गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा
  • समस्याग्रस्त सहकारी व्यवस्थापन तथा बचतकर्ताको हित संरक्षण गरिने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama