Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

एनपीएल मिनी अक्सन आज, ३७ खेलाडीमाथि मात्र लाग्नेछ बोली

- shuvadmin / शनिबार, साउन २५, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमार्फत आज हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने अक्सनमा १५० खेलाडी सहभागी हुने छन् । यसले नेपाली क्रिकेटमा पुनः उत्साह र प्रतिस्पर्धाको माहोल ल्याउने अपेक्षा गरिएको छ ।

अक्सन दिउँसो ३ बजेदेखि सुरु हुनेछ । ​अक्सनमा आठवटा टोलीले खेलाडीमाथि बोली लगाउने छन् ।

खेलाडीलाई तीनवटा श्रेणीमा विभाजन गरिएको छ, ‘ए’ मा ८ जना, ‘बी’ मा ३५ जना र ‘सी’ मा १०६ जना । यो विभाजन खेलाडीको अनुभव, प्रदर्शन र सम्भावित भूमिकाका आधारमा गरिएको हो ।

सूचीमा ६७ ब्याटर, ४१ बलर र ४२ अलराउन्डर रहेका छन् । यीमध्ये २६ जना विकेटकिपरसमेत हुन् ।

प्रदेशगत सहभागितामा मधेश प्रदेश अगाडि छ, जहाँबाट ३० जना खेलाडी अक्सनमा सहभागी हुने छन् । अन्य प्रदेशका खेलाडी पनि आफ्नो स्थान सुरक्षित गर्न तयारी अवस्थामा छन् ।

अक्सनमार्फत १५० खेलाडीमध्ये कम्तीमा ३७ जनामा बोली लाग्नेछ । यसमा ‘ए’ श्रेणीबाट चारजना, ‘बी’ बाट २३ र ‘सी’ बाट १० खेलाडी बिक्री हुनेछन् ।

यसरी छानिएका खेलाडीले आफ्नो टोलीको लागि एनपीएलमा प्रतिस्पर्धा गर्नेछन् ।

श्रेणीअनुसार खेलाडीको मूल्य निर्धारण पनि स्पष्ट गरिएको छ । ‘ए’ श्रेणीका खेलाडीको न्यूनतम् मूल्य १० लाख र अधिकतम १५ लाख रुपैयाँ तोकिएको छ ।

‘बी’ श्रेणीमा ५ लाखदेखि १० लाख रुपैयाँ र ‘सी’ श्रेणीमा २ लाखदेखि ५ लाख रुपैयाँ मूल्य निर्धारण गरिएको छ । यसले खेलाडीको अनुभव र क्षमताअनुसारको मूल्यांकनलाई प्रतिबिम्बित गर्छ ।

Page Views: 151
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama