Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित भइरहेको महिला सुरक्षा दवाव समूह नेपालको ठहर

- shuvadmin / आइतबार, साउन २६, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित भइरहेको महिला सुरक्षा दवाव समूह नेपालले ठहर गरेको छ ।

राजधानीमा समूहका सञ्जाल सदस्य तथा स्थानीय सरकारका प्रतिनिधिहरूसँग संस्थागत अभिमूखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेर समूहले सो ठहर गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा धारण राख्ने अधिकांश वक्ताहरूले संविधानमा व्यवस्था भएका धेरै हक अधिकार विभेदकारी कानून र ऐन महिलाको पक्षमा नभएको कारण व्यवहारमा समानता नभएको गुनासो गरेका हुन् ।

वरिष्ठ अधिवक्ता प्रा. शशी अधिकारीले २०६२/६३ सालको जनआन्दोलन पश्चात विदेशी बाबु र स्वदेशी आमाको कोखबाट बच्चा जन्मिए सो बच्चालाई अङ्गिकृत नागरिकता दिने कानुनमै व्यवस्था भएपनि एउटा पनि बच्चाले उक्त नागरिकता प्राप्त गर्न नसकेको भन्दै यसरी जन्मेका बच्चाको आर्थिक अधिकार मात्र रहने कुरामा मन्त्रीनै अनविज्ञ देखिएको अधिकारीको आरोप लगाइन ।

परम्परावादी सोचकै कारण महिला अहिले पनि दोस्रो दर्जाको नागरिक भएर बाँच्नु परकेो भन्दै निर्णायक तहमा महिलालाई अवसर दिन हिचकिचाउने परिपाटी बढिरहेकाले यसको अन्त्य गर्न जरुरी रहेको उनको ठम्याए छ ।

महिला आफैँ जागरुक हुने समय आएको धारणा राख्दै उनले हरेक तह र तप्कामा महिलाको पनि उत्तिकै भूमिका रहने जिकिर गरिन् ।

उनले हामी मिसन ८४ भन्दौ ८४ मा महिला पहिला भन्छौ, तर अहिले पनि नीति कानून संशोधनका सवाल रातारात उठेको भन्दै प्रगतिशील कानून बन्नुपर्नेमा पश्चगमन तर्फ उन्मुख भएको उनको आरो छ ।

काठमाडौं महानगरपालिकाका वडा नं ३० अध्यक्ष दलबहादुर कार्कीले संसद र सरकारले नै अपराधिहरुलाई संरक्षण गरेको आरोप लगाए ।

उनले संसद र सरकार अपराधको गठजोड भएको बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले महिलालाई हेर्ने दृष्टिकोणमा केही फरक आएको भएपनि पदीय जिम्मेवारी दिन अझै रोक लगाउने प्रवृत्ति हावि हुदै गएको प्रति चिन्ता व्यक्त गरे ।

अझै पनि महिला हिंसामा पर्ने गरेको तथ्याङ्क रहेको भन्दै उनीहरुले घरायसी कामकाजभन्दा पनि महिलालाई उद्यमशीलता तर्फ प्रेरित गर्नुपर्ने धारणा राखे ।

महिला आफैँ उद्यमी बन्न सके घरेलुहिंसा कम हुने विश्वास उनीहरुको थियो ।

कार्यक्रमका वक्ताहरूले महिलामाथि हुने हिंसालाई सामान्यरूपमा लिने गरिएकोमा समाजको सोच र धारणामा परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

उनीहरूले महिलालाई समान हक दिलाएर महिला अधिकार मानव अधिकार हो भन्ने अनुभूति गराउनसमेत माग गरेका छन् ।

कार्यक्रममा संस्थाका महासचिव वैजयन्ती कार्कीले महिला सुरक्षा दबाब समहूहको संस्थागत जानकारी गराएकी थिइन भने टेवाकी शोभा शाक्य, संजाल सदस्य वीना महर्जन, वडा सदस्य कल्पना सुन्दाश लगायतले आफ्ना धारणा रााखेका थिए ।

महिला महिला हिंशा अन्त्य गर्ने, लैंगिक समानता बढाउने र सबै निकायमा महिला प्रतिनिधित्व ५० प्रतिशत पुर्याउनका खातिर आफ्नो संघर्ष सडक र सदन दुवैतिरबाट जारी राख्ने समूहकी अध्यक्ष इरादा गौतमले जनाइन।

संस्थाका सचिव सीता ओझाले संचालन गरको कार्यक्रममा उपाध्यक्ष कमला उप्रेतीले अतिथिहरूलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्

कार्यक्रममा महिला सुरक्षा दबाब समूहका पदाधिकारीहरू सञ्जाल सदस्य, संस्थाका अध्यक्षहरू, स्थानीय निकायका जनपतिनिधिहरु तथा अन्य विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो । 

समूहले  महिला अधिकार, समानता र शसक्तिकरण, सामाजिक, आर्थिक रुपान्तरणका सबालमा काम गर्दै आएको छ ।

Page Views: 80
संबन्धित शिर्षकहरु
सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
ताजा अपडेट
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama