Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रोहितको कप्तानी शतकीय इनिङ्समा नेपालको जीत

- shuvadmin / शनिबार, भदौ १४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, अस्ट्रेलिया भ्रमणमा रहेको नेपालले साउथ अस्ट्रेलियाविरुद्धको एकदिवसीय अभ्यास खेलमा जीत हासिल गरेको छ।

शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २ सय ४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेट गुमाएर भेटाएको हो।

नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १ सय १ रनको शतकीय इनिङ्स खेलेका थिए।

हार नजिक पुगेको नेपाललाई रोहित र सोमपाल कामीको अविजित साझेदारीले जित दिलायो।

१६१ रनमा ८ विकेट गुमाएको नेपालका लागि रोहित र सोमपालले अविजित अर्धशतकीय साझेदारी गरे। सोमपाल ४० रनमा अविजित रहे।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलिया निर्धारित ४५ ओभरमा २ सय ४२ रनमा अलआउट भएको थियो।

साउथ अस्ट्रेलियाका लागि ह्यानरी मानेन्तीले सर्वाधिक ६३ रन बनाउँदा दुवित हूगानबोजमले ५३ रनको अर्को अर्धशतकीय इनिङ्स खेले। त्यस्तै, रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए।

नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३/३ विकेट लिँदा सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १(१ विकेट लिए।

नेपालले टप इन्ड टी(२० सिरिज समाप्त भएपछि अस्ट्रेलियाका स्थानीय टोलीसँग अभ्यास खेल खेलिरहेको छ।

टप इन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं स्थानमा रहेको थियो।

Page Views: 124
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama