Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

यू–१७ साफ च्याम्पियनसिपमा नेपाल र श्रीलंका भिड्दै

- shuvadmin / सोमबार, भदौ ३०, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, साफ यू–१७ पुरुष च्याम्पियनसिप फूटबल प्रतियोगितामा सोमबार नेपाली टोलीले आफ्नो पहिलो खेल आयोजक श्रीलंकासँग खेल्दैछ ।

उद्‌घाटन खेल श्रीलंकाको राजधानी कोलम्बोमा नेपाली समयअनुसार, साँझ ७:१५ बजे शुरू हुनेछ ।

प्रतियोगितामा दक्षिण एसियाका सात वटा राष्ट्रको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल र आयोजक श्रीलंकासँगै बंगलादेश पनि रहेको छ ।

यसैगरी, समूह ‘बी’ मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान रहेका छन् । समूह चरणमा सबै सहभागी टोलीले एक–अर्कासँग एकरएक खेल खेल्नेछन् ।

त्यसपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई/दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिता सेप्टेम्बर २७ तारिखसम्म चल्नेछ ।

नेपाली टोलीले आफ्नो दोस्रो खेल बिहीबार बंगलादेशसँग खेल्नेछ ।

नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाली टोली चार पटक फाइनलमा पराजित भएको छ ।

भारतले हालसम्म ६ पटक यो प्रतियोगिताको उपाधि चुमिसकेको छ ।

भारत प्रतियोगिताको साबिक विजेता पनि हो । बंगलादेशले दुई र पाकिस्तानले एकपटक उपाधि जितेका छन् ।

यो प्रतियोगिता पहिले यू–१५ र यू–१६ उमेर समूहमा खेलाइन्थ्यो ।

Page Views: 88
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama