Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विश्व पर्यटन दिवस तथा बडादशैंको अवसर पारेर सेफ्स एसोसीएसन अफ नेपालको शुभकामना आदान प्रदान

- shuvadmin / शनिबार, असोज ११, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सेफ्स एसोसीएसन अफ नेपालले विश्व पर्यटन दिवस तथा बडा दशैंको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।

ललितपुरको फर्सीडोलमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन दिवस र बडा दशैंको शुभकामना दिंदै पदमा हुँदा र नहुँदा पनि सेफ्स एसोसिएसनलाई सक्दो सहयोग गर्ने बताए ।

पूर्वराज्यमन्त्री चौधरीले नेपालको पर्यटन क्षेत्रमा एसोसिएसनको योगदान र पाककलामा नेपाली खानालाई विश्व सामू चिनाउन गरेको गोगदान महत्वपूर्ण भएको जिकिर गरे ।

शुभकामना ब्यिक्त गर्दै एसोसिएसनका अध्यक्ष रेशमकुमार लामाले पर्यटनको दिगो विकास र आर्थिक उपार्जनका लागि एसोसिएसनले योगदान गर्दै आएको बताए ।

अध्यक्ष लामाले तीन दशकदेखि एसोसिएसन र नेपाली सेफ्सले नेपाली रैथाने परिकारलाई पाककलाको माध्यमबाट विश्वमा चिनाउन अथक प्रयासरत रहेको बताए ।

विश्व भर छरिएर रहेका पाककलामा सक्रिय सेफ्सहरुले नेपाली खानालाई विशवमा चिनाउन महत्वपूर्ण योगदान गरेको दावी गरे ।

कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष पुस्प थापा मगरले संस्था स्थापना गर्न भन्दा पनि संस्थालाई टिकाउन कठिन भएको बताएका थिए ।

पूर्व अध्यक्ष थापाले प्रबिधि र युगलाई पच्छायाउन आग्रह गर्दै नयाँ युगसगै नयाँ कुरा सिक्दै जानु पर्ने बताए ।

मन बचन र कर्मले गरेको काम सफल हुने भन्दै पूर्व अध्यक्ष थापाले सफल हुन सभ्य र सकारात्मक सोच राख्न आग्रह गरे ।

एसोसिएसनका पूर्व अध्यक्ष जीत लामा पाख्रिनले शुभकामना दिंदै पहिला हस्पिटालिटी सम्बन्धी सिक्ने स्थानको अभावमा पनि जसो तसो संस्था स्थापना गरेर अहिलेको पुस्ताका लागि सहज बनाइएको बताए ।

भान्छे भनेर हेप्ने गरिए पनि अहिले सेफ्सहरुलाई हेर्ने दृष्टिकोण फ्क भएको भन्दै पूर्व अध्यक्ष पाख्रिनले नेपालमा पहिला बङाली सेफ्सको बाहुल्यता रहेपनि अहिले नेपाली सेफ्सको उपस्थिति दरिलो रहेको जिकिर गरे ।

एसोसिएसनका पूर्व अध्यक्ष गोविन्द नरसिंह केसीले धेरै मेहनत गरेर संस्था स्थापना गरेकोले संस्थाको अहित हुने काममा कोही लाग्न नहुने भन्दै छरिएर रहेका सेफलाई एकीकृत गनै आग्रह गरे ।

सेफ्सको रेटिङ आफूले होइन अर्काले गर्नु पर्ने भन्दै पूर्वअध्यक्ष केसीले कसैले केहि भन्नु भन्दा कामले गरेर देखाउन आग्रह गरे ।

पूर्वअध्यक्ष श्रीराम अधिकारीले पर्यटकको आगमनमा कमी आएकोले अब एग्रो टुरिजमलाई ध्यान दिन आग्रह गरे ।

पूर्व अध्यक्ष अधिकारीले एग्रो टुरिजममा ध्यान दिन सके आयातमा कमी आउने र युवा जनशक्ति पलायन हुने क्रम घटने दावी गरे ।

एग्रो टुरिजमको माध्यमबाट स्वादेशमै रोजगारी सृजना गर्न सकिने भन्दै सेफले पनि उत्पादनमूलक कामममा लाग्न प्रेरित गरे ।

शुभकामना ब्यक्त गर्दै ग्रीन नेपाल एग्रो प्रालि सञ्चालक खामाङ देवानले नेपालका नेपालका होटका लागि आवश्यक पर्ने खानेकुरा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर प्रयोग गरिदिएमा स्वदेशी उत्पादनले बजार पाउनुका साथै रोजगारी सृजना हुने बताए ।

एसोसिएसनका अर्का अध्यक्ष रत्नबहादुर थापा र फास्ट फुड एसोसिएसनका प्रतिनिधिले पनि शुभकामना ब्यक्त गरेका थिए ।

पानसमा बत्ति बालेर शुभारम्भ गरिएको कार्यक्रममा बिधिन्न क्षेत्रमा महानुभावहरुलाई मायाको चिनो पनि प्रदान गरिएको थियो ।

ग्रीन नेपाल एग्रोको प्रायोजनमा कार्यकम आयोजना गरिएको यिो ।

एसोसिएसनले नेपालमा मनाइने पर्यटनसित जोडएका र नेपालमा मनाइने चाडपर्वको अवसर पारेर यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।

आज ४६औँ विश्व पर्यटन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । यसवर्ष दिवसको नारा पर्यटन र दिगो रुपान्तरण रहेको छ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
‘ब्लू बस’ अवधारणामा साझा अडिग, हरियो पहिचान परिवर्तन नगर्ने
लेदोयुक्त बाढीको खतरा बढेपछि रसुवागढी जलविद्युत् बन्द, रसुवामा उच्च सतर्कता
सञ्चारगृहको गेटमै शंकास्पद गाडी पार्किङ, पत्रकारको सुरक्षामाथि प्रश्न
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama