Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, भदौ ०९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

टी- २० विश्वकप छनोट आजबाट, पहिलो खेलमा नेपाल कुवेतसँग भिड्दै

- shuvadmin / बुधबार, असोज २२, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट प्रतियोगिता बुधबारबाट ओमानमा शुरु हुँदैछ।

नौ राष्ट्र सहभागी प्रतियोगिताबाट शीर्ष तीन टोलीले आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुरक्षित गर्नेछन्।

नेपाल समूह ‘बी’ मा रहेको छ, जहाँ उसँगै कुवेत र जापान छन्। समूह ‘ए’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा ओमान, पपुवा न्यूगिनी र सामोआ छन्।

प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा पुग्नेछन्।

सुपर सिक्सपछि हुने प्रतिस्पर्धाबाट शीर्ष चार टोली छनोट हुने र अन्ततः शीर्ष तीन टोलीले विश्वकपमा प्रवेश पाउने व्यवस्था गरिएको छ।

यस पटकदेखि एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रलाई एउटै क्याटेगरीमा राखिएको छ।

त्यसैले जापान, सामोआ र पपुवा न्यूगिनीले एसिया क्षेत्रका टोलीहरूसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

पहिलो दिन नेपाल र कुवेतसँगै ओमान–सामोआ र कतार–यूएईबीच पनि खेल हुनेछ।

नेपाललाई यस प्रतियोगिताको उपाधि दाबेदार मानिएको छ। यद्यपि कुवेतले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ।

गत अप्रिलमा हङकङमा भएको चार राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालसँग मात्र ३ रनले पराजित भएको थियो।

तर, सोही प्रतियोगिताको लिग चरणमा नेपालले कुवेतलाई ६ विकेटले सहज पराजित गरेको थियो।

नेपाल र कुवेतबीच हालसम्म तीन वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। नेपालले दुई खेल जित्दा, एक खेलमा हार भोगेको छ।

सन् २०१९ मा नेपालले कुवेतलाई ७ विकेटले हराएको थियो भने गत अप्रिलमा भएको दुई खेलमा नेपाल विजयी भएको थियो।

खेलअघि नेपालका कप्तान रोहित पौडेलले कुवेतले पछिल्लो समय राम्रो क्रिकेट खेलेको स्वीकार्दै नेपालले आफ्नो क्षमता अनुसार प्रदर्शन गर्न सके प्रतियोगितामा बलियो दावेदार बन्ने बताएका छन्।

यता कुवेतका प्रमुख ब्याटर मित भावसारले नेपाल बलियो र अनुभवी खेलाडीहरूसहितको टोली भएपनि आफूहरूले हरेक बलमा प्रतिस्पर्धा गर्ने बताए।

Page Views: 90
संबन्धित शिर्षकहरु
आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने
आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेल आज नामिबियासँग खेल्दै
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama