Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असोज २८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

तिहारमा पैँतालिस लाख माला खपत हुने, सयपत्री र मखमलीमा आत्मनिर्भर

- shuvadmin / सोमबार, असोज २७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, यसपालिको तिहारमा काठमाडौँ उपत्यकामा ४० करोड रुपियाँ बराबरको पैतालिस लाख वटा सयपत्री र मलमलीको माला खपत हुने अनुमान गरिएको छ ।

तिहारको लक्ष्मीपूजाको दिनदेखि भाइटीकासम्म उपत्यकामा ठूलो सङ्ख्यामा मालाको खपत हुने गर्छ ।

तिहारमा सबैभन्दा धेरै ४० लाख वटा सयपत्री माला र पाँच लाख वटा मखमली माला खपत हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

यस्तै गोदावरी फूलको समेत खपत उल्लेख्य परिमाणमा हुने गर्छ ।

फ्यानका अध्यक्ष राजेशभक्त श्रेष्ठले तिहारको पाँच दिनमा ४० करोड रुपियाँ बराबरको फूल र मालाको कारोबार हुने जानकारी दिए ।

सयपत्री र मखमली मालामा मुलुक आत्मनिर्भर भएको उनले जानकारी दिए ।

तिहारमा लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीका लगाउन सयपत्री मालाको खपत धेरै हुने गर्छ ।

मखमली मालाले स्थानीय माग पूरा गरेर विदेशमा समेत निर्यात हुने गरेको छ ।

विदेशमा रोजगारीका क्रममा नेपाली रहेकाले तिहारमा दुई लाख मखमली माला निर्यात हुने गरेको श्रेष्ठले जानकारी दिए ।

प्रत्येक वर्ष दुई लाखभन्दा बढी मखमली माला विभिन्न मुलुकमा निर्यात हुने उनले जानकारी दिए ।

युरोप, अमेरिका, खाडी मुलुकमा मखमली माला निर्यात हुने गर्छ ।

यसपालि बजारमा सयपत्री प्रतिगोटा मालाको थोक मूल्य ८० रुपियाँदेखि एक सय रुपियाँसम्म रहेको छ ।

यस्तै मखमली मालाको थोक मूल्य ४० देखि ४५ रुपियाँसम्म रहेको छ । फ्यानका अनुसार मुलुकमा प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूलको माग बढ्दै गएको छ ।

पुष्प व्यवसायमा मुलुक आत्मनिर्भर हुँदा गत वर्षदेखि सरकारले तिहारमा माला आयातमा प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय सातै प्रदेशका मुख्य शहरमा पुष्प व्यवसाय विस्तार हुँदै गएको छ । मुलुकभर २७० हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भइरहेको छ ।

पुष्प व्यवसायी मीनबहादुर तामाङले पुष्प व्यवसायबाट राम्रो आम्दानी हुँदा व्यावसायिक रूपमा पुष्प खेती विस्तार हुँदै गएको जानकारी दिए ।

फ्यानका अनुसार ५२ जिल्लामा भएको पुष्प खेती भइरहेको र पुष्प क्षेत्रमा आठ अर्ब ८३ करोड रुपियाँभन्दा बढी लगानी रहेको उनले जानकारी दिए ।

पुष्प व्यवसायमा ५३ हजार पाँच सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा दुई करोड १३ लाख ६० हजार रुपियाँको पुष्पजन्य वस्तुको निर्यात भएकोमा १२ करोड ७० लाख ८९ हजार रुपियाँको आयात भएको छ ।

नेपालमा आयात हुने पुष्प तथा पुष्पजन्य वस्तुमा जीवित बिरुवा, बिउबिजन, ताजा कट फूल, बल्ब, ट्युबर, ट्युबर रुट्स रहेका छन् ।

भारत, नेदरल्यान्ड, चीन, जापान, जर्मनी, केन्या, थाइल्यान्ड, अमेरिका, इजिप्ट, युगान्डा, बेल्जियम, इटाली, युएई, ताइबान, इजरायलबाट नेपालमा पुष्प तथा पुष्पजन्य वस्तु आयात हुने गर्छ ।

प्रतियोगितात्मक प्रदर्शनी हुने

यसैबीच आगामी बुधबारदेखि अठारौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

पुष्प व्यवसायको प्रवर्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित फ्यानको आयोजनामा ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी हुन लागेको हो ।

मेलामा ९० वटा स्टल राखिने छ । गोदावरी फूलको विविध प्रतिस्पर्धा गराई पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।

प्रदर्शनीमा गोदावरी फूलको प्रजातिका फूल बिरुवासहित ४२० भन्दा बढी प्रकारका फूल बिरुवा राखिने छ ।

सयपत्री, मखमली तथा अन्य सिजनल फूलका साथै सजावटका बोटबिरुवासमेत प्रदर्शनीमा बिक्रीवितरण हुने गर्छ ।

प्रदर्शनीमा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख बढीको व्यावसायिक कारोबार हुने अनुमान गरिएको छ ।

फ्यानले प्रत्येक वर्ष तिहारका बेला मेला आयोजना गर्ने गरेको छ । मेला आगामी कात्तिक २ सम्म चल्ने छ ।

Page Views: 100
संबन्धित शिर्षकहरु
बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
ताजा अपडेट
  • बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
  • गृहमन्त्री गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
  • बडादशैँकाे चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
  • राष्ट्रिय राजमार्ग र विभिन्न सडक मर्मतमा तीव्रता
  • उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्याे
  • बडादशैँकाे तेश्राे दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
  • चार उन्नत जात उखु नेपाललाई हस्तान्तरण
  • उपसभापतिमा चन्द्र, मधु र चौधरी निर्वाचित

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama