Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, मङि्सर १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

इरानसँग नतिजाका लागि नेपाल मैदान उत्रिने

- shuvadmin / बिहिबार, कार्तिक ०७, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काडमाण्डू, इरानसँगको मैत्रीपूर्ण खेलअघि टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाले आफूले दुबै टोलीलाई कमजोर रुपमा नलिएको बताएकी छिन्।

खेलअघि कप्तान साम्बाले आफूहरू जीतका लागि भारत पुगेकाले नतिजाको लागि नै मैदान उत्रिने बताइन्।

मैत्रीपूर्ण खेलका लागि भारतमा रहेको नेपाली टोलीले भोलि शुक्रबार इरानसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।

भारतको सिलोङमा हुने खेल साँझ ४ बजेपछि शुरु हुनेछ।

पहिला देखि नै खेलिरहेको टोली रहेकाले टिम कम्बिनेसनमा खासै समस्या नभएको उनले सुनाइन्।

कप्तान साम्बाले भनिन्, ‘नेपाली महिला टोलीको यो अहिलेको राम्रो समय रहेको छ।

यू-१९ टोलीका दुई खेलाडीको आगमनले सिंगो राष्ट्रलाई नै सहयोग पुग्ने भएकाले उनीहरुको परिक्षण हुन भने बाँकी छ।

उमेर समुहमा राम्रो खेलेर नै सिनियर टोलीमा आउनुभएको हो, यद्यपि, उहाँहरुको परीक्षण हुन बाँकी छ, आशा गरौँ उनीहरुको डेब्यु राम्रो होस्।

मैत्रीपूर्ण खेलले टोलीको स्तर थाहा हुने भएकाले यस्ता प्रतियोगिता हुनुपर्ने साम्बाको तर्क छ।

टोलीमा हिराकुमारी भुजेल र दिपा शाहीको पुनरागमनले टोली थप बलियो भएको र उनीहरुले राम्रो खेल प्रस्तुत गर्ने साम्बाको विश्वास छ।

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक नवीन न्यौपानेले आफूहरू जीतका लागि नै मैदान उत्रने बताएका छन्।

भारतको सिलोङमा नेपालले भोलि शुक्रबार पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ।

खेलअघि टोलीका मुख्य प्रशिक्षक न्यौपानेले भने, ‘नेपालमा ३ साताको परीक्षण गरेर आएका छौँ, विदेशी लिग खेलिरहने टोली फर्किएकाले टोली उच्च मनोबलमा रहेको छ।’

प्रशिक्षक न्यौपानेले थपे, ‘इरान र भारतको खेल हेरेका छौँ। हामी मैत्रीपूर्ण खेल भन्दा पनि उपाधि जित्नका लागि खेल्नेछौँ।

इरानविरुद्ध हाम्रो मुख्य लक्ष्य जित्नु नै हो। मैदानमा उत्रिएपछि जितको शुरुवात गर्न चाहान्छौँ।’

इरानको टोली अहिले बलियो छ। पहिला जितेको भन्दा अहिले बलियो छ त्यही रणनिति अनुसार नै खेल्नेछौँ।

नेपालले दोस्रो मैत्रीपूर्ण खेल सोमबार भारतसँग खेल्नेछ।

Page Views: 121
संबन्धित शिर्षकहरु
दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताकाे खेलस्थल तालिका सार्वजनिक
दोस्रो क्वालिफायरमा चितवन र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुँदै
चितवन राइनोजद्वारा काठमाडौंसामु २०५ रनको लक्ष्य प्रस्तुत
ताजा अपडेट
  • विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍याे
  • पर्यटन बोर्डको सीईओ छनोटविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी, अन्तरिम आदेशका लागि मंसिर १४ मा छलफल
  • निश्चित शर्तमा १३ देखि १५ वर्षसम्मका बालबालिकालाई हलुका काम गर्न दिने
  • यूएईका काभ्रेलीद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
  • रेलबाट आएका यात्रुको स्वागत
  • हिजो भारतको अयोध्याबाट गुडेको रेल आज जनकपुरधाम आइपुग्दै
  • भारतमा ५‍.३ म्याग्निच्युडको भूकम्प, नेपालको केही जिल्लामा पनि महसुस
  • ताप्लेजुङमा भूकम्पकाे धक्का

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama