Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आज बालाचतुर्दशी,पाशुपत क्षेत्रमा शतबीज छर्दै श्रद्धालु

- shuvadmin / बुधबार, मङि्सर ०४, २०८२
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृहरूको सद्गति र चिरशान्तिको कामना गर्दै देशभरका शिवालयहरूमा शतबीज छर्ने परम्पराअनुसार यस वर्ष पनि भक्तजनले पशुपतिनाथ लगायतका पवित्र स्थलहरूमा सो पर्व मनाएका छन् ।

मंगलबार रातभर दीपदान गरी जाग्राम बसेका भक्तजनहरूले आज बिहानै पितृहरूको सम्झनामा विधिपूर्वक शतबीज छरेर बालाचतुर्दशी पर्व सम्पन्न गरेका हुन् ।

यो पर्व मनाउन देशका विभिन्न स्थानबाट ठूलो संख्यामा भक्तजनहरू पशुपतिनाथमा भेला हुने गर्दछन् ।

भक्तजनहरूले आफ्नो दिवङ्गत परिवारका आत्माको शान्तिको कामना गर्दै पशुपति क्षेत्रका १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायतका महत्त्वपूर्ण ठाउँहरूमा शतबीज छर्ने गर्दछन् ।

यद्यपि यसलाई ‘शतबीज’ भनिए पनि हाल मुख्य रूपमा सप्तबीज अर्थात् धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो छर्ने चलन छ ।

शतबीज छर्ने क्रममा मृगस्थलीमा रहेका बहिरा गणेश नजिक पुगेपछि भक्तजनहरूले उक्त शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवङ्गत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गर्छन् ।

धार्मिक विश्वास अनुसार, वाग्मती किनारको मृगस्थलीलाई भगवान् शिवले मृगरूप धारण गरेर विहार गरेको पुण्यक्षेत्र मानिन्छ ।

विभिन्न धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार, आजका दिन यस पुण्यक्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य प्राप्त हुने र दिवङ्गत आत्माले पनि मुक्ति पाउने विश्वास गरिन्छ ।

यस पर्वसँग जोडिएको किम्वदन्ती अनुसार, शिवजीलाई मृगरूपमा चिन्न पार्वतीले नै विभिन्न किसिमको बीज छरेकी थिइन् ।

ती बीज उम्रेर हरिया भएपछि मृगको बथानमा शिवजीलाई चिन्न सफल भएकी थिइन् ।

Page Views: 30
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama