Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, असार २४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

उपत्यका र काभ्रेमा बर्डफ्लु जोखिम

- शुभ बिहानी / बुधबार, असार २४, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

देशका विभिन्न जिल्लामा फैलिएकाे बर्डफ्लु सङ्क्रमण अहिले काठमाडौँ उपत्यका र काभ्रेपलाञ्चोकमा कायम रहेको छ । बर्डफ्लु सङ्क्रमण अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि उपत्यका र काभ्रेमा अझै नियन्त्रणमा आउन नसकेकाे हाे ।

पशु सेवा विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा अहिले सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ । तर, उपत्यकाकाे तीन जिल्लामा सङ्क्रमणको अवस्था अहिले पनि यथावत् रहेकाे भए पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको विभागले जनाएकाे छ ।

देशभर बर्डफ्लु सङ्क्रमणका कारण ७ लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३०३ अण्डा तथा २ लाख ४३ हजार ६३५ केजी दाना नष्ट गरिएको छ भने विभागको तथ्यांकमा उल्लेख भएअनुसार काठमाडौँ उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै २ लाख ८६ हजार २७७ पन्छी, १ लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको छ ।

विभाले जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी संघीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको र सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको विभागका चिकित्सक डा.उपाध्यायले जनाएका छन् ।

Page Views: 22
संबन्धित शिर्षकहरु
सुनचाँदीको मूल्य घट्याे
ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
ताजा अपडेट
  • सुनचाँदीको मूल्य घट्याे
  • ट्राफिक प्रहरीद्वार २ हजार ७६ जना सवारीचालकलाई कारबाही
  • काभ्रेबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ
  • फिफा विश्वकपकाे क्वाटरफाइनलमा अर्जेन्टिना सहित ८ टिम प्रवेश
  • माैसम बदलीसँगै केहि स्थानमा भारी वर्षा हुने
  • उपत्यका र काभ्रेमा बर्डफ्लु जोखिम
  • उखु किसानकाे झण्डै दुई अर्ब रुपैयाँ भुक्तानी
  • अमेरिका पराजित भएसँगै आयोजक ३ वटै देश विश्वकपबाट बाहिरियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama