Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन १५, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु

- शुभ बिहानी / शुक्रबार, साउन १५, २०८३
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

२०८३ वैशाख १ देखि २०८३ हालसम्म देशका विभिन्न भागमा झण्डै ४ हजार विपद्जन्य घटना हुँदा १ सय ९३ जनाले ज्यान गुमाएका छन् । उक्त अवधिमा ३ हजार ९ सय ५१ विपद्जन्य घटनामा १ सय ९३ जनाकाे ज्यान गएकाे हाे ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्जन्य घटनामा १ सय ९३ जनाको मृत्यु हुनुका साथै ३ जना बेपत्ता, १ हजार १ सय ६५ जना घाइते तथा ५ हजार ८७ परिवार प्रभावित भएका छन् ।

जस मध्ये सबैभन्दा बढी १ हजार २ वटा आगलागीका घटना, सर्पदंशका ६ सय ७०, पहिरोका ६ सय ६२, हुण्डरीका ४ सय ७९, चट्याङका २ सय ३१, भारी वर्षाका २ सय २६, वन्यजन्तु आक्रमणका २ सय १८, बाढीका १ सय ९८ र वन डढेलोका १ सय ९१ घटना भएकाे थियाे ।

त्यसैगरि साउन १३ गते बिहान १० बजेदेखि साउन १४ गते बिहान १० बजेसम्म २४ घण्टामा देशका विभिन्न स्थानमा ३४ वटा विपद्जन्य घटना भएका प्राधिकरणले जनाएको छ । ती घटनामा १३ जना घाइते भएका छन् भने २३ जनाको उद्धार गरिएको थियाे भने घटनामा ४१ लाख ८ हजार बराबरको क्षति भएको छ ।

उक्त अवधिमा सर्पदंशका ८, आगलागीका ८, भारी वर्षाका ९, पहिरोका ५, बाढीको १ र वन्यजन्तु आक्रमणका ३ घटना भएकाे पनि प्राधिकरणले जनाएकाे छ ।

त्यसैगरि प्राधिकरणका अनुसार साउन १३ गते बिहानदेखि साउन १४ गते बिहानसम्म देशका विभिन्न भागमा ४४८ वर्षा मापन केन्द्रमध्ये २६६ केन्द्रमा वर्षा अभिलेख भएको र सबैभन्दा बढी १०४.६ मिलिमिटर वर्षा कञ्चनपुरको दोधारामा भएको बताइएको छ ।

Page Views: 15
संबन्धित शिर्षकहरु
राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
धनुषामा एक व्यक्तिको हत्या
सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
ताजा अपडेट
  • राहदानी विभागमा सेवाग्राहीहरूको अत्यधिक भीड
  • धनुषामा एक व्यक्तिको हत्या
  • बैशाखदेखि हालसम्म ४ हजार विपद्जन्य घटनामा १९३ जनाको मृत्यु
  • सप्तरीको राजविराज अनिश्चितकालीन कर्फ्यु आदेश जारी
  • उदयपुरमा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु
  • आज साउन १५ गते ‘खिर दिवस’ खिर खाएर मनाइँदै
  • धोबीखोला उर्लिँदा बस्तीमा बाढी, जनजीवन कष्टकर
  • लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १२ बाट ८ मा झारियाे

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama