Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ग्लोबल टी-२० मा टोरन्टोको फराकिलो हार, रोहितको ब्याट चलेन

- shuvadmin / सोमबार, साउन १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, क्यानडामा जारी चौथो सिजनको ग्लोबल टी–२० मा नेपाली कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले सर्रे जग्वार्ससँग ८० रनको फराकिलो हार बेहोरेको छ ।

सोमबार आज बिहान सम्पन्न खेलमा सर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरन्टो १७।१ ओभरमा ८१ रनमै अलआउट भयो ।

उसका लागि उन्मुक्त चन्दले २१, रस्सीभान डर दुसेनले १५, निकोलस किर्तनले ११ र रोहित पौडेलले १० रन जोडे ।

रोहितले २५ बलमा १० रन जोडेका हुन् । त्यसक्रममा उनले एउटा चौका पनि हिर्काउन सकेनन् ।

खराब फिल्डिङका कारण जीवनदान पाए पनि रोहितले त्यसको फाइदा उठाउन सकेनन् । उनले ग्लोबल टी–२० मा पहिलोपटक ब्याटिङ गरेका हुन् ।

रोहितले अघिल्लो खेलमा ब्याटिङको मौका पाएका थिएनन् । उक्त खेलमा उनले फिल्डिङमार्फत महत्वपूर्ण दुई विकेट दिलाउन भने भूमिका खेलेका थिए ।

तेस्रो खेलमा लज्जास्पद पराजय बेहोरेपछि टोरन्टो अंक तालिकाको दोस्रो स्थानमा खस्किएको छ ।

रोहितसम्मिलित टोरन्टोले चौथो खेल मंगलबार राति ८ः४५ मा ब्राम्टन वुल्भ्ससँग खेल्ने तालिका छ ।

यस्तै, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले अब चौथो खेलमा ब्राम्टन वुल्भ्सको सामना गर्नेछ ।

यी दुई टिमबीचको खेल बिहीबार बिहान १ः४५ देखि सुरु हुनेछ ।

Page Views: 41
संबन्धित शिर्षकहरु
१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
आज २५७०औँ बुद्ध जयन्ती
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama