Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

काठमाडौँ–तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध : प्रधानमन्त्री ओली

- shuvadmin / सोमबार, साउन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, प्रधानमन्त्री केपी ओलीले काठमाडौँ–तराई द्रूतमार्गमा आउने समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन्।

सोमबार सोही द्रूतमार्ग अन्तर्गतको धेद्रे सुरुङ मार्गको ब्रेक थ्रुपछि सम्बोधन गर्दै ओलीले काम छिटो अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन्।

‘यस मार्गमा आउने बाधा व्यवधान समाधान गर्न सरकार तयार छ,’ ओलीले भने, ‘पहिले पनि मैले नै नेपाल आफैँले बनाउनुछ भनेर घोषणा गरेर बजेट समेत छुट्याएको थिएँ।’

उनले खोकनाको जग्गामा राजनीतिमा मात्रै नभई अरु नै चिज पनि मिसिएको दाबी गरे।

‘खोकनाको जमिनमा पोल्टिक्स मात्रै होइन अरु पनि के के चिज मिसिएको छ हामी बुझिरहेका छौँ,’ ओलीले भने।

ब्रेक थ्रु कार्यक्रममै सम्बोधन गर्ने क्रममा प्रधानसेनापति प्रभुराम शर्माले खोकनाको जग्गामा राजनीति भइरहेको बताएका थिए।

Page Views: 51
संबन्धित शिर्षकहरु
सुनचाँदी दुवैको मूल्य घट्याे
जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama