Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, बैशाख १९, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक

- shuvadmin / शनिबार, साउन २६, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

ताप्लेजुङ, यही भदौ ३ गतेदेखि सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।

प्रतियोगितामा आठ टोली सहभागी हुने निश्चित भएसँगै आयोजकले खेल तालिका सार्वजनिक गरेको हो।

आयोजक लाखेजात्रा सञ्चालन समितिले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार चार–चार टोली रहेको दुई समूहबीच प्रतिस्पर्धा हुने छ।

समूह ‘ए’ अन्तर्गत प्रिक्वार्टर खेलमा स्थानीय सङ्घर्ष स्पोर्टिङ युवा क्लब र कञ्चनजङ्घा फुटबल क्लब सिलिगुढी भारतबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै सोही समूहको अर्को बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देही र सगरमाथा युथ क्लब मोरङबीच हुने छ।

यस्तै समूह ‘बी’अन्तर्गत पाँचथर फुटबल क्लब पाँचथर र सलहेश युवा क्लब सिराहाको प्रिक्वार्टरमा स्पर्धा हुने छ।

बी समूहकै अर्को खेल त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं र विर्तामोड युनाइटेड फुटबल क्लब झापाबिच हुने आयोजकले जनाएको छ।

लाखेजात्रा सञ्चालन समितिका अनुसार प्रतियोगितामा एक जना फिफा रेफ्री, दुई जना राष्ट्रिय रेफ्रीसहित छ जना रहने छन्।

यसवर्ष प्रतियोगिता विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित पाँच लाख ५५५ रुपियाँ राशिको नगद पुरस्कार पाउने छ।

त्यस्तै उपविजेताले दुई लाख ५० हजार ५५५ रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ। यता प्रतियोगिताको समय नजिकिएसँगै तयारी तीब्र रुपमा भइरहेको पनि समितिले जनाएको छ ।

दर्शकका लागि बाँसको प्रयोग गरी अस्थायी प्याराफिट (दर्शकदीर्घा) निर्माणको कामलगायत तयारी धमाधम भइरहेको छ।

प्रतियोगिता भदौ १० गते सम्पन्न हुने छ।

Page Views: 27
संबन्धित शिर्षकहरु
आज नेपाल र यूएई भिड्दै
विश्वकप लिग–२ मा नेपालले ओमानसँग खेल्दै
आज नेपालले यूएईसँग पहिलो खेल खेल्दै
ताजा अपडेट
  • १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै
  • पेट्रोल, डिजेल मट्टितेलको मुल्य घट्दा ग्याँस तथा हवाई इन्धनको मुल्य बढ्याे
  • आज २५७०औँ बुद्ध जयन्ती
  • आज नेपाल र यूएई भिड्दै
  • फेरि बढ्याे सार्वजनिक यातायातको भाडा
  • अस्पतालमा फोटो, भिडियो खिच्न राेक
  • साल्ट ट्रेडिङद्वारा हुम्लामा नुन बितरण
  • आज पनि चट्याङ र हुरीसहित पानी पर्ने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama