Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, असोज ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सिनावात्रा औपचारिकरूपमा थाइल्याण्डको प्रधानमन्त्रीमा अनुमोदन

- shuvadmin / आइतबार, भदौ ०२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोगटार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।

सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो ।

यस अवधिमा संवैधानिक अदालतले सोही फेउ थाई पार्टीबाट उनका पूर्ववर्ती श्रेथा थाभिसिनलाई हटाएको थियो ।

राजाको अनुमोदनसँगै अब पेन्टोगटार्न सिनावात्राले आधिकारिकरूपमा मन्त्रिपरिषद् गठन गर्नुहुनेछ । मन्त्रिपरिषद् गठन प्रक्रिया आगामी साताहरूमा हुने अपेक्षा गरिएको छ ।

अल जजिराका अनुुसार हालै थाई संसदले पेन्टोगटार्नलाई आगामी र थाइल्याण्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री बनाउन मतदान गरेको थियो ।

संवैधानिक अदालतको फैसलाले श्रेथा थाभिसिनलाई हटाएपछि उनको स्थान पेन्टोगटार्नले लिएकी हुन् ।

उङ इङ उपनामले प्रसिद्ध पेन्टोगटार्न अर्बपति टाइकुन थाक्सिन सिनावात्राकी कान्छी छोरी हुन् ।

आफ्ना बुबा र फुपूपछि मुलुकको शीर्ष पद सम्हाल्ने उनी परिवारको तेस्रो सदस्य हुन् ।

संसदले २७ वर्षीया पेन्टोगटार्नलाई उनको फेउ थाई पार्टीको सत्तारुढ गठबन्धनले मनोनयन गरेको पुष्टि गरेको छ ।

Page Views: 97
संबन्धित शिर्षकहरु
रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
तीनदिने भ्रमणका लागि अर्थमन्त्री वाग्ले भारत प्रस्थान
ताजा अपडेट
  • सुनचाँदीको मूल्य बढ्याे
  • उपत्यकाकाे आधा दर्जन रुटमा २८ वटा विद्युतीय बसमार्फत रात्री सेवा विस्तार
  • रसुवा बाढीमा परेका ५ हजार ८ सय बढि अझै बेपत्ता
  • रास्वपाको सचिवालय बैठक बिहान ११ बजे बस्ने
  • आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
  • आज कोशी, बागमती र गण्डकी प्रदेशको केहि भू-भागमा भारी वर्षा हुने
  • श्रमिकको अवस्था विवरण बुझाउन म्यानपावरलाई निर्देशन
  • बाढीका कारण यातायात क्षेत्रमा भएको क्षतिको तथ्याङ्क मागियो

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama