Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बुधबार, भदौ १०, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पशुपति कोटिहोमको अपत्यारिलो हिसाव सार्वजनिक, हुँदै नभएको खर्च देखाउँदै ७२ लाख घाटा भएको दावी

- shuvadmin / बिहिबार, भदौ २७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पशुपति मन्दिरमा एक महिनासम्म आयोजना भएको कोटिहोममा आम्दानीभन्दा खर्च धेरै भएको विवरण आयोजकले सार्वजनिक गरेको छ ।

कोटिहोम सकिएको झन्डै एक महिनापछि आय व्यय विवरण सार्वजनिक गर्दै अपत्यारिलो खर्च विवरण आयोजक मानव सेवा फाउन्डेसन र महायज्ञ संङकल्पकर्ता विजय भण्डारीले सार्वजनिक गरेका हुन् ।

एक महिनासम्म गोप्य राखिएको हिसाब चौतर्फी दवाव भएपछि आयोजकले सार्वजनिक गर्न बाध्य भयो । तैपनि विश्वसनीय देखिँदैन् ।

विजय भण्डारीका अनुसार कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको थियो ।

कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको दावी गरिएको छ ।

यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको दावी छ ।

जबकि आयोजक सदस्यहरूले नै महायज्ञको दोस्रो सातासम्म दिनमा डेढ करोड रुपैयाँका दरले दैनिक चन्दा दान संकलन भइरहेको भन्दै युट्युब मिडियामा बोलेका थिए ।

त्यो हिसाबले ३२ दिन चलेको महायज्ञको आधा समयमै २० लाख करोड रुपैयाँ खर्च उठेको दान सचिवालयका कार्यरत केही कर्मचारीको दावी छ ।

तर, आयोजकले भने जम्मा २० करोड १५ लाख ८२ हजार दान उठेको भन्दै उल्टो ऋणमा डुबेको दावी गरेको छ ।

महायज्ञमा कबोल भएको मध्ये डेढ करोडदेखि २ करोड रूपैयाँ आउन बाँकी रहेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो रकम आयो भने बचत हुने भण्डारीले बताए । सार्वजनिक विवरण अनुसार नगद रसिदबाट १७ करोड ४६ लाख ३७७ रुपैयाँ संकलन भएको थियो ।

क्यूआर पेमेन्टबाट १ करोड ३६ लाख ७९ हजार ३४० रुपैयाँ उठेको थियो । दान पेटिकामा ४१ लाख ७७ हजार रूपैयाँ प्राप्त भएको थियो ।

आयोजक मध्येकै एक सदस्य भन्छन्, ‘‘महायज्ञमा करिब १३्१४ करोड हाराहारीमा खर्च भएको देखिन्छ ।

पैसा पनि ३० करोड भन्दा माथि नै उठेको जस्तो देखिन्थ्यो । तर, लामो गृहकार्यपछि घाटा देखाएर हिसाब सार्वजनिक भयो । हामी नै चकित परेका छौँ ।’’

रहस्यको कुरा, आयोजकले रसिद सबै लुकाएको छ । यसले आयोजकले दाबी गरेकै अनुसार चन्दा दान संकलन भएको पत्याउन सकिँदैन ।

अनि खर्च दावी गरेको बिवरण सार्वजनिक भएपनि त्यो खर्च कसरी भएको भनेर देखाइएको छैन् ।

केहीको पनि बिल र रकम बुझेको रसिद देखाइएको छैन्। अर्को कुरा महिना दिनको लागि कर्मचारी खर्च भन्दै पाँच करोड रुपैयाँ खर्च देखाइएको छ ।

तर, महायज्ञमा खटिएका कर्मचारी भने पैसा नभएको भन्दै आन्दोलनमा छन् । आयोजकले भने भोलेन्टियरको रुपमा खटाएको भनेको थियो ।

तर, अहिले पाँच करोड रुपैयाँ उनीहरूकै लागि खर्च भएको दावी गरेको छ ।

साउनभर चलेको महायज्ञबाट उठेको रकमले मामाघर अनाथालय आश्रम, ललितपुर र छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणलगायत मानवीय सेवाका लागि सहयोग जुटाउने योजना थियो ।

तर, अहिले आयोजकले ७२ लाख घाटा भएको विवरण सार्वजनिक गरेको छ । हिसाब लुकाएर भक्तजनलाई ठगी गरिएको भन्दै भक्तजनहरूले आक्रोश पोखेका छन् ।

मामाघर अनाथालय आश्रमले अनाथ र आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकालाई निःशुल्क भोजन, आवास तथा स्वास्थ्य र शिक्षा प्रदान गर्दै आएको छ । अब उनीहरुले न त आश्रम बनाउनेछन् न त कुनै काम नै गर्नेछन् ।

कोटीहोमका क्रममा खटिएका स्वयंसेवकहरू र सामान उपलब्ध गराएका व्यापारीहरूले अझै पनि भुक्तानी नपाएको गुनासो गरिरहेका छन् ।

Page Views: 81
संबन्धित शिर्षकहरु
कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
ताजा अपडेट
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन
  • उद्योग वाणिज्य समितिको बैठक बस्दै
  • आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama