Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

रुमलिएको कथा ‘ह्रस्व दीर्घ’

- shuvadmin / शनिबार, मङि्सर ०८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाली चलचित्रमा अझै पनि भारतीय कलाकारको भिड बटुलेर चलचित्र चलाउँछु भन्ने प्रवृति हटेको छैन् ।

चलचित्र ‘ह्रस्व दीर्घ’ यसको उदाहरण हो । कुनै बेला चलचित्र नोटबुकको ‘गाला रातै गाला रातै’ बोलको गीतबाट चर्चा कमाउनुभएकी नायिका नीता ढुङ्गाना निर्मित चलचित्र ‘ह्रस्व दीर्घ’ ले पनि केवल भारतीय कलाकारलाई भेला पार्ने काम मात्र गरेको छ ।

चलचित्रको कथा सामान्य छ । मेयर (विपना थापा) को छोरा हरि (हरिहर अधिकारी) र देवधाम चलाउने महामहन्त (प्रदीप रावत) की छोरी नारायणी (नीता ढुङ्गाना) बिचको प्रेमकथा हो ‘ह्रस्व दीर्घ’ ।

हरि भगाउ डटकमका सञ्चालक हुन्छन् । उनका साथी काले (आदर्श मिश्र) दुवै मिलेर दुःखमा परेकालाई मद्दत गर्ने काम गर्छन् ।

यस्तै काम गर्दागर्दै उनको भेट अनौठो तरिकामा नारायणीसँग हुन्छ । मन्दिरको पोखरीमा चिप्लियर लड्न लागेकी नारायणीलाई हरिले बचाउँछन् ।

संयोगले हरिको हात नारायणीसँग २४ घण्टासम्म जोडिन पुग्छ २४ घण्टा दुवैसँगै रहँदा अनेकन घटना घट्छन् ।

यसपछि चलचित्रको कथाले अनेकन मोड लिन्छ । दुवैको प्रेमलाप सुरु हुन्छ । दुवैको परिवारलाई उनीहरूको प्रेमबारे थाहा हुन्छ ।

महामहन्तले हरिको आमासँग प्रदीपलाई एक महिना धाममा बस्नुपर्ने सर्त राख्छन् र हरिको आमाले पनि नारायणीलाई आफूलाई एक महिनासम्म राख्ने सर्त राख्छिन् ।

दुवैलाई सर्त स्विकार्य हुन्छ । हरिको विवाह नारायणीसँग हुन्छ वा हुन्न ? यही कुरामा रुमलिएको छ चलचित्रको कथा ।

हरिले महामहन्तलाई प्रभावित बनाउन सक्लान त ? यता नारायणी हरिको आमासँग कति घुलमिल हुन सक्छिन् ।

एक महिना समय पनि सकिन्छ र कथामा अर्को मोड तब आउँछ जब नारायाणीले आफ्नी बहिनी (गरिमा शर्मा) कसको मद्दतले भागिन् र उनलाई मर्नुपर्ने अवस्था कसले सिर्जना गरेको हुन्छ भन्ने थाहा पाउँछिन् ।

मरिसकेकी बहिनीले कथामा अनेकन ट्विस्ट ल्याउने काम गर्छिन् । चलचित्रको राम्रो पक्ष भनेकै दक्षिण भारतीय कलाकारहरूको अभिनय र यसको सिनेमाटोग्राफी हो ।

चलचित्रमा साधारण दृश्यलाई पनि सिनेमाटोग्राफरले मेहनत गरेर खिच्नुभएको छ । चलचित्रको कमजोर पक्ष भनेको यसको कथा हो ।

नीता ढुङ्गाना र हरिहर अधिकारीको भूमिकालाई ठिकठाक भन्नु पर्छ । आमाको भूमिकामा विपना थापा र सञ्चिता लुइँटेललाई सुहाएको छ ।

गरिमा शर्माको अभिनयमा केही मात्रामा भए पनि सुधार आएको देखिन्छ । भावनात्मक दृश्य उहाँलाई सुहाएको छ ।

Page Views: 62
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस
  • इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
  • आजबाट भरी सिलिण्डर ग्यास पाइने
  • देशभर ५० प्रतिशत धान रोपाइँ सकियाे
  • मनसुनको प्रभावसँगै विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama