Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, भदौ ०८, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

गौतम बुद्ध विमानस्थलमा आरएनपी एआर प्रविधि जडानको तयारी, ८ सय मिटर भिजिबिलिटीमा पनि जहाज उडान/अवतरण गर्न सकिने

- shuvadmin / शुक्रबार, मङि्सर १४, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

भैरहवा, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू(उपग्रहमा आधारित प्रविधि आरएनपी एआर जडानको तयारी अघि बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान र अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको छ ।

यो प्रणाली कार्यान्वयनमा ल्याउन विमान चालकलाई तालिमदेखि विमानस्थल र वायु सेवाको ककपिटसम्मको प्रक्रिया पूरा गरेपछि ८ सय मिटर हाराहारीको भिजिबिलिटीमा पनि जहाज नियमित उडान हुन सक्ने छ ।

अहिले भइरहेको उडानलाई नियमित राख्न ८ सय मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्नेगरी प्रविधिमा आधारित प्रणाली (इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आईएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो ।’

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् ।

आरएनपीएआर जडानका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना जारी गर्नुपर्ने भएकाले एक महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०बाट स्वीकृति लिएर काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।

उनका अनुसार हाल भैरहवामा परम्परागत प्रविधि (भीओआर डीएमई) मा आधारित उडानका लागि १८ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

त्यहाँको उडानलाई सुरक्षित बनाउन जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम सञ्चालनमा समस्या देखिएपछि भू-उपग्रह (सेटेलाइट बेस नेभिगेसन) मा आधारित रहेर आरएनपी एआर जडान हुन लागेको उनको भनाइ छ ।

आरएनपी एआर भू-उपग्रहमा आधारित अवतरण प्रणाली रहेको र आईएलएस उपकरणमा आधारित अवतरण प्रविधि भएकाले आरएनपी एआर नेभिगेसन प्रणालीले जहाजलाई खराब मौसममा सुरक्षित अवतरणका लागि मद्दत गर्ने उनले बताए ।

प्राधिकरणले करिब एक अर्ब रुपैयाँ खर्च गरेर जडान गरेको आईएलएसको ‘फ्रिक्वेन्सी’ भारतको एरोबेसमा परेपछि भारतले सञ्चालन गर्न अनुमति नदिएका कारण त्यसको विकल्पमा आरएनपी एआर प्रविधि जडान गर्न लागिएको हो ।

उक्त प्रविधि सञ्चालनमा आए बाक्लो हुस्सु र कुहिरो लागेको समयमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्न सकिने प्राधिकरणको दाबी छ ।

हाल यो प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित छ, जसको मद्दतले ११ सय मिटर भिजिबिलिटीमा पनि जहाज अवतरण भइरहेका छन् ।

Page Views: 70
संबन्धित शिर्षकहरु
गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
सुनको मूल्य लगातार उकालो लाग्दै
विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
ताजा अपडेट
  • गाउँपालिकाको प्रशासकीय भवनमा आगलागी
  • सुनको मूल्य लगातार उकालो लाग्दै
  • विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा सार्वजनिक
  • आज मुख्यमन्त्री किरण थापाले विश्वासको मत लिने
  • सुदूरपश्चिममा एक महिनामा ५ हजार बढि सवारी चालक कारबाहीमा
  • लागुऔषधसहित पाँच महिला पक्राउ
  • केहि स्थानमा भारी वर्षा हुने सतर्कता अपनाउन अनुरोध
  • रुकुम गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama