Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्लको गातार तेस्रो जीत

- shuvadmin / बिहिबार, मङि्सर २०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जीत निकालेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा जनकपुरले पोखरा पोखरा एभेन्जर्सलाई सात विकेटले हरायो ।

यसअघि उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई र दोस्रो खेलमा कर्णाली याक्सलाई समान आठ विकेटले हरायो ।

पाखराको यो लगातार दोस्रो हार हो । पोखरा यसअघि आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।

जितका लागि एक सय ३९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरका तीन विकेटको क्षतिमा एक सय ४३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

।जनकपुरका लागि श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले ४५ रन बनाए । लयमा रहेका मिलान्थाले ३२ बलमा आठ चौकाको सहयोगमा ४५ रन बनाएका थिए ।

यस्तै जेम्स निसमले अविजित ४० रन बनाए । उनले २० बलमा ६ छक्काको सहयोगमा उक्त रन बनाए ।

आशिफ शेखले ३३ र हर्ष थाकेरले अविजित १३ रन बनाए । बलिङमा पोखराका विपिन खत्री, मिचेल लिस्क र कुशल भुर्तेलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरका सात विकेटको क्षतिमा एक सय ३८ रन बनायो ।

पोखराका लागि मार्कस क्रिच्ट्लीले सर्वाधिक ३५ रन बनाए । यस्तै माइल लक्सले २५, ओपनर आन्द्रेयस गोसले २०, रेमन रेफरले १७, दिलीप नाथले ११ र दीनेश खरेलले १० रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । जेम्स निसमले दुई तथा मोहमद निसम र किशोर महतोले एक विकेट लिए ।

आज हुने दोस्रो खेलमा काठमाडौँ गुर्खाज र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ ।

Page Views: 53
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama