Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

विराटनगरलाई हराउँदै काठमाडौँ प्लेअफको नजिक

- shuvadmin / आइतबार, मङि्सर ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, विराटनगर किङ्ग्सलाई एक विकेटले हराउँदै काठमाडौँ गुर्खाज नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ संघारमा उभिएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार जितका लागि एक सय १८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौँले १८.१ ओभरमा नौ विकेटको क्षतिमा एक सय २० रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

पराजित विराटनगर यसअघिनै प्लेअफ होडबाट बाहिरिसकेको छ । लिगमा सबै सात खेल सकेको काठमाडौँले आठ अङ्क बनाएको छ ।

अब काठमाडौँलाई प्लेअफमा पुग्न सोमबार हुने कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिचको नतिजाले भर पार्नेछ ।

उक्त खेलमा कर्णाली फराकिलो अन्तरले हारेमा काठमाडौँको अगाडिको यात्रा सहज बन्नेछ । अहिले ६ खेल सकेको कर्णालीको पनि आठ अङ्क छ ।

काठमाडौँको जितसँगै समान आठ अङ्क बनाएको सुदूरपश्चिम रोयल्सले दुई खेल अगावै र चितवन टाइगरले नेट रनरेटका आधारमा प्लेअफमा स्थान बनाएको छ ।

१० अङ्क बनाएको जनकपुर बोल्ट्स यसअघिनै अघिल्लो चरणमा पुगिसकेको छ ।

काठमाडौँका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन बनाए । यस्तै शंकर रानाले अविजित १६, रसिद खानले १४, जेराल्ड इरसमसले १२, दीपेश कँडेलले अविजित ११ र माइकल लेभिटले १० विकेट लिए ।

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए । चार्स सोल, अनिल खरेल र वसिर अहमदले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो ।

विराटनगरका लागि राजेश पुलामीमगरले २५ रन बनाए । ओपनर दीपक बोहराले २०, स्कट एडवार्डले १५ र वसिर अहमदले १३ र निकोलनस किर्तनले १२ रन बनाए ।

विराटनगरलाई सस्तैमा रोक्न काठमाडौँका जेरार्ड इरास्मसले चार ओभरमा १७ रन खर्चिएर सर्वाधिक चार विकेट लिए । यस्तै दीपेश कँडेलले दुई तथा साहब आलम, करण केसी र डानियल डाउथवेटले एक एक विकेट लिए ।

Page Views: 57
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama