Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्ने, कर्णाली र चितवन एलिमिनेटरमा भिड्ने

- shuvadmin / सोमबार, पुष ०१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, पहिलो सिजनको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ६ विकेटले हराएको छ ।

सोमबार भएको खेलमा कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले २९ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३८ रन बनाए ।

ऐरी ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, इशान पाण्डेले ३६ बलमा चार चौकासहित अविजित ३८ रनको योगदान दिए । सैफ जैबले ११ रन जोडे ।

कर्णालीका लागि सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एकरएक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली निर्धारित २० ओभरमा १ सय १ रनमा अलआउट भयो ।

उसका लागि जीशान मक्सूदले ३५ बलमा चार चौकासहित सर्वाधिक ३० रन बनाए ।

यस्तै, विलियम बोसिस्टोले १६, बाबर हयातले १३, चाडविक वाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । सुदूरपश्चिमका लागि हरमित सिंहले तीन, कप्तान दीपेन्द्र सिंह ऐरी र स्कट कुग्लाइनले दुईरदुई तथा सैफ जैबले एक विकेट लिए ।

प्लेअफ पुग्ने चारवटै टिमको टुंगो लाग्यो

एनपिएलको प्लेअफमा पुग्ने चारवटै टिमको लागेको छ । पहिलो सिजनको एनपिएल प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफको यात्रा गरे ।

अब क्वालिफायर वानमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन् । उक्त खेलको विजेताले फाइनलको यात्रा गर्नेछ । क्वालिफायर वानमा पराजित टिमलाई फेरि फाइनल पुग्ने अर्को मौका मिल्नेछ । त्यो हो, क्वालिफायर दुई ।

क्वालिफायर दुईमा एलिमिनेटरको विजेता र क्वालिफायर वानको पराजित टिम प्रतिस्पर्धा गर्ने छन् ।

एलिमिनेटरमा चितवन र कर्णाली प्रतिस्पर्धा गर्ने छन् । उक्त खेलमा पराजित टिम एनपिएलबाट बाहिरिने छ ।

एलिमिनेटर र क्वालिफायर वानको म्याच बुधबार हुने तालिका छ । यस्तै, क्वालिफायर दुईको खेल बिहीबार तथा फाइनल खेल शनिबार हुनेछ ।

Page Views: 55
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama