Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बंगलादेशसँग लज्जास्पद हारसँगै नेपाल एसिया कपबाट बाहिरियो

- shuvadmin / शुक्रबार, पुष ०५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, नेपाल पहिलो संस्करणको यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरबाटै बाहिरिएको छ । 

शुक्रबार भएको सुपर फोरको दोस्रो खेलमा बंगलादेशसँग ९ विकेटको लज्जास्पद हार बेहोरेसँगै नेपाल फाइनलमा पुग्न नपाइ बाहिरिएको हो । 

मलेसियाको क्वालालम्पुरमा जीतका लागि नेपालले बंगलादेशलाई मात्र ५५ रनको चुनौती दिएकामा बंगलादेशले ९.५ ओभरमै १ विकेटको क्षतिमा जीत हासिल गरेको हो । 

बंगलादेशका लागि फहोमिदा छोयाले २६ तथा मिस्ट इभाले १८ रन बनाइन् । नेपालका लागि कुसुम गोदारलेमात्र विकेट लिइन् । 

वर्षाका कारण ११ ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ५४ रनमात्र बनायो । 

छिटो रन जोड्ने धुनमा नेपालका चार खेलाडी रनआउट भए । सावित्री धामीले सर्वााधिक ११ रन बनाइन् । त्यस्तै कप्तान पूजा महतोले ९ रन जोडिन् । 

नेपाल बाहिरिएसँगै उपाधिका लागि भारत र बंगलादेश आइतबार खेल्नेछन् । सुपर फोरमा भारतले बंगलादेशलाई ८ विकेटले हराएको थियो । 

सुपर फोरका दुवै खेल जितेर भारत ७ अंकसहित फाइनलमा पुगेको हो भने बंगलादेश ६ अंकसहित उपाधिका लागि भारत प्रतिद्धन्द्धी पाएको हो । 

नेपालले ४ अंकमात्र हासिल गर्न सक्यो । सुपर फोरमा पुगेको श्रीलंकाले मात्र ३ अंक बटुल्यो । 

यसअघि नेपालले समूह चरणमा पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्दै फाइनल पुग्ने दाबेदारी पेश गरेको थियो । 

नेपालले बिहीबारको खेलमा श्रीलंकाविरुद्ध वर्षाले प्रभावित भएसँगै अंक बाँडेको थियो । 

नेपालको समूहबाट नेपाल र भारत तथा अर्को समूहबाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका थिए । 

समूह चरणमा नेपालले पाकिस्तानलाई हराएको थियो भने भारतसँग बराबरी गरेको थियो । त्यस्तै भारतले पाकिस्तानलाई हराएको थियो । 

अर्को समूहबाट मलेसिया दुवै खेल हारेर बाहिरिएको थियो । 

यसअघिका भिडन्तको नेपालको नतिजा

सुपर फोरको पहिलो खेल

यू–१९ महिला एसिया कप टी–२० क्रिकेटको सुपर फोरको पहिलो खेलमा नेपालले श्रीलंकासँग अंक बाँडेको छ । 

मलेसियाको क्वालालम्पुरमा वर्षाले खेल हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् ।

बिहीबारको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोज्दै मैदानमा उत्रिएको भएपनि एक ओभरमात्र सम्भव भएको खेलमा कप्तान पूजा महतोले एक रन दिएर एक विकेट लिइसकेकी थिइन् । 

तर वर्षाका कारण दोस्रो ओभरसमेत हुन नसकेपछि दुवै टिमले अंक बाँडेका हुन् । 

समूह चरणको खेल–

नेपाल र भारत–

नेपाल र भारतले अंक बाँडे । नेपालले भारतलाई ९५ रनको चुनौती दिएकामा मलेसियाको क्वालालम्पुरमा ब्याटिङ गर्न उत्रेको भारतले ३.१ ओभर खेल्दै २८ रन बनाएको अवस्थामा वर्षाले खेल अगाडि बढ्न नसकेपछि रद्द भएको हो । 

खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाँडे । दुवै टिमको समान ३–३ अंक भएपनि भारत समूह विजेता बन्दै सुपर फोरमा पुग्यो भने नेपाल उपविजेता बन्दै सुपर फोरमा पुग्यो । 

नेपाल र भारतले पाकिस्तानलाई पराजित गरेका थिए । भारतविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९४ रन बनायो । 

कमजोर ब्याटिङ गरेको नेपालका लागि कप्तान पूजा महतोले रनआउट हुनुपूर्व ४० बलमा २५ रन बनाइन् । 

त्यस्तै अलिशाकुमारी यादवले ९ बलमा अविजित रहँदै २० रन बनाइन् । नेपालले १८ रन अतिरिक्तका रुपमा पाएको थियो । भारतका लागि परुनिका सिसोदियाले ४ विकेट लिइन् । 

नेपाल र पाकिस्तानबीचको खेल

नेपालले पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हरायो । यो नेपालको कीर्तिमान थियो । खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १०४ रन बनायो । 

ओपनर कोमल खानले ४२ बलमा ३८ तथा महम एन्नेसले ३९ बलमा २९ रन बनाइन् । 

नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचनाकुमारी चोधरी, रिया शर्मा तथा सीमना केसीले १–१ विकेट लिए । 

जवाफमा १०५ रनको सामान्य चुनौती नेपालले १९ ओभरमै ४ विकेटको क्षतिमा पूरा गरेको हो । 

नेपालका लागि कप्तान पूजा महतोले अलराउन्ड प्रदर्शन गर्दै ४७ बलमा अविजित रहँदै ४७ रन बनाइन् । 

त्यस्तै सोनी पाख्रिनले १३ तथा सीमना केसीले अविजित रहँदै १२ बलमा १२ रन बनाइन् ।

भारतले यसअघि पाकिस्तानलाई ९ विकेटले हराएको थियो । दुवै खेल हारेसँगै पाकिस्तान बाहिरिएको थियो भने नेपाल भारतसँग खेल्नुअघि नै सुपर फोरमा पुगेको थियो । 

अर्को समूहमा श्रीलंका, बंगलादेश र मलेसिया रहेका छन् । बंगलादेशले दुवै खेल जितेको छ भने श्रीलंका एक जितसहित सुपर फोरमा पुगेको छ । मलेसिया दुवै खेल हारेर बाहिरिएको छ । 

पूजा महतोको कप्तानीमा नेपालले पहिलो पटक विश्वकप टी–२० क्रिकेटमा स्थान बनाएको छ । 

विश्वकपमा छानिएसँगै नेपालले पहिलो पटक आयोजना भएको टी–२० एसिया कपमा पनि स्थान बनाएको थियो । 

अब नेपालले विश्वकपको तयारी गर्नुपर्नेछ । यू–१९ टी–२० विश्वकप आगामी जनवरी १८ देखि मलेसियामै हुँदैछ । 

१६ टिम सहभागी विश्वकपमा नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा बंगलादेश, अष्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् ।

Page Views: 61
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama