Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शुक्रबार, साउन ०१, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

पूर्वी नेपालको संस्कृति झल्काउँदै कार्साङको सात भञ्ज्याङ

- shuvadmin / आइतबार, पुष २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, आगामी २६ गते रिलिजमा आउने फिल्म कार्साङमा समावेश सात भञ्ज्याङ बोलको गीत सार्वजनिक गरिएको छ।

गीतमा डीपी खनालको शब्द रचना, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुन मगरको स्वर तथा रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुलाई फिचर्ड गरिएको छ।

प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ। प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ।

मौलिक शब्द र भेषभूषाले गीतलाई जीवन्त बनाएको छ। गीतको भिडियोमा पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृतिको झल्को पाइन्छ।

बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ।

यम शेर्पाको डेब्यु निर्देशनमा बनेको फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ।

फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्ने निर्देशक शेर्पाले जानकारी गराए।

दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्म यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा छायाँकार पुरुषोत्तम प्रधानले निर्माण गरेका हुन्।

Page Views: 52
संबन्धित शिर्षकहरु
महानगरपालिकाकाे टोल टोलमा ‘फिल्म महोत्सव’
भोटो देखाउँदै रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न
चिनियाँ फिल्ममा मार्सल आर्ट र एआईको उच्चतम प्रयोग
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama