Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित

- shuvadmin / बिहिबार, माघ १७, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, महिला त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा घरेलु टोली नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको हो ।

नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १३७ रन बनाउन सक्यो ।

नेपालका लागि ओपनर सीता राना मगरले २८ रन बनाउँदा कविता जोशीले २७ रन बनाइन् ।

पूजा महतोले विस्फोटक ब्याटिङ गरिन् । उनले १४ बलमा २ चौका र २ छक्कासहित २४ रन जोडिन् ।

कप्तान इन्दू बर्मा ७ रनमै आउट हुँदा कविता कुँवरले ८ र रुबिना क्षेत्रीले ११ रन बनाइन् । यस्तै, विन्दू रावल ३ रनमा अविजित रहिन् ।

नेदरल्याण्ड्सका लागि क्यारोलि डे लान्गे र इभा लिन्चले दुई/दुई तथा इरिस ज्विलिङले १ विकेट लिइन् ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५७ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका रोबिन राइकेले अर्धशतकीय पारी खेलिन् । उनले ४८ बलमा ८ चौका प्रहार गर्दै ५९ रन जोडिन् ।

ओपनर फेबे मोल्केनबोयर शून्यमा आउट हुँदा स्टेरे कालिस र कप्तान बाबेट डे लीडेले क्रिज सम्हालेका थिए ।

कालिसले २९ रन बनाउँदा लीडेले ६ रनमै आउट भइन् । हेदर सिगर्सले २३ रन जोड्दा आइरिस जुइलिङ ३१ रनमा अविजित रहिन् ।

नेपालका लागि ईश्वरी विष्ट, सीता राना मगर, कविता कुँवर र पूजा महतोले एकरएक विकेट लिइन् ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा अलिशा के यादव र मनिषा उपाध्यायले राष्ट्रिय टोलीमा डेब्यू गरेकी छन् ।

अलिशा नेपालका लागि डेब्यू गर्ने ३४ औं खेलाडी बनिन् भने मनिषा ३५औं खेलाडी । अब शुक्रबार थाईल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

Page Views: 78
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama