Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

नेदरल्याण्ड्सविरुद्ध बदलाको सोचमा नेपाल

- shuvadmin / बुधबार, माघ २३, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, घरेलु मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० आई सिरिजमा आयोजक नेपालले पाँचौं खेलमा आज नेदरल्याण्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल मध्यान्ह सवा १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ ।

यस श्रृंखलामा नेपाली टिम प्रतिस्पर्धात्मक म्याच खेल्न सफल भएपनि फिनिसिङमा चुकिरहेको छ ।

नेपालले नेदरल्याण्ड्सविरुद्ध २० रनको हार बेहोर्दै सिरिजको सुरुवात गरेको थियो ।

त्यस खेलमा नेदरल्याण्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

यस्तै, दोस्रो खेलमा नेपालको भेट थाइल्याण्डसँग भयो । त्यस खेलमा पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १ सय १ रन बनायो ।

राम्रो बलिङ गरेको उक्त खेलमा खराब फिल्डिङका कारण नेपालले ४ विकेटको हार बेहोर्‍यो ।

यस्तै, जारी श्रृंखलामा नेपालले तेस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्‍यो ।

उक्त खेलमा १४१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनायो ।

त्यस खेलमा फिनिसिङमा चुक्दा नेपालले १५ रनको पराजय बेहोर्‍यो ।

चौथो खेलमा नेपालले मंगलबार थाइल्याण्डसँग खेल्यो । यस खेलमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले थाइल्याण्डलाई १०६ रनमा रोक्यो ।

र, नेपाललाई मंगलबार थाइल्याण्डविरुद्ध इतिहासमै पहिलो जित दर्ता गर्ने सुनौलो मौका थियो । तर, प्रारम्भिक ब्याटर नचल्दा नेपालले ५ रनको साँघुरो हार बेहोर्‍यो ।

यस खेलमा १०७ रनको लक्ष्य पछ्याएको नेपालले ८ विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो ।

यो हारपछि घरेलु मैदानमा सिरिज जित्ने नेपालको सपना अधुरै रहेको छ । नेपाल अब बाँकी दुई खेलमा राम्रो क्रिकेट खेलेर सिरिजको अन्त्य गर्ने सोचमा छ ।

नेपाली महिला टिमले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय सिरिज खेलिरहेको हो ।

तुलनात्मकरूपमा आफूभन्दा बलियो टिमविरुद्ध खेलिरहेकाले पनि नेपालले अपेक्षाकृत नतिजा हात पार्न सकिरहेको छैन् ।

यद्यपि नेपालले विगतभन्दा ब्याटिङमा थोरै सुधार गरेको देखिन्छ ।

नेपालको प्लेइङ–११ ” सीताराना मगर, इन्दू बर्मा (कप्तान), पूजा महतो, रुबीना क्षेत्री, रोमा थापा, विन्दू रावल, कविता जोशी, राजमति ऐरी, अलिसा यादव र मनीषा उपाध्याय ।

Page Views: 48
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama