Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, साउन ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

च्याम्पियन्स ट्रफीमा अष्ट्रेलियासँग भारतको बदला, चार विकेटले हराउँदै फाइनलमा

- shuvadmin / बुधबार, फागुन २१, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, सन् २०२३ को १९ नोभेम्बरमा यही अष्ट्रेलियाली टोलीले कप्तान रोहित शर्माको नेतृत्वमा रहेको भारतलाई घरेलु मैदानमा दोस्रो तथा समग्रमा तेस्रो एकदिवसीय क्रिकेट विश्वकप जित्ने सपनाबाट बञ्चित गरेको थियो ।

तर त्यसको १५ महिनापछि मङ्गलबार राति यूएईमा खेलिएको आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई ४ विकेटले हराउँदै फाइनलको टिकट काटेको छ । यसरी भारतले अष्ट्रेलियासँग बदला लिएको छ ।

भारतको जितका पूर्वकप्तान विराट कोहली नायक बने । उनले ८४ रनको महत्वपूर्ण इनिङ्स खेले । खेलको उत्कृष्ट खेलाडीको पुरस्कार कोहलीलाई नै प्रदान गरियो ।

दुबई अन्तर्राष्ट्रिय रङ्शालामा अष्ट्रेलियाले भारतलाई जितका लागि २६५ रनको लक्ष्य दिएको थियो । भारतले ४८.१ ओभरमा मात्र ६ विकेट गुमाउँदै यो लक्ष्य हासिल गर्यो ।

भारतको जितमा कोहलीबाहेक केएल राहुलको इनिङ्सले पनि महत्वपूर्ण भूमिका खेलेको थियो । राहुलले ४२ रनको अविजित इनिङ मात्र खेलेनन्, विजयी छक्का पनि प्रहार गरे ।

यसबाहेक श्रेयस अय्यरले ४५, अक्षर पटेलले २७ र हार्दिक पाण्ड्याले २८ रन बनाए । दुई सय ६५ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारतको सुरुवात राम्रो भएन् ।

उसले ४३ रन बाउँदा २ विकेट गुमाएको थियो । २९ बलमा २८ रन बनाएपछि कप्तान शर्मा कुपर कोनेलीको बलमा आउट भए । कप्तान शर्मा २८ रन बनाएर आउट भएका हुन् ।

शुभमन गिलले पनि ठूलो इनिङ्स खेल्न सकेनन् । उनी ८ रनमा आउट भए ।

तर कोहली र अय्यरले तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गर्दै टोलीलाई सुरुवाती कमजोरीबाट मुक्त गर्न मद्दत गरे ।

यस क्रममा कोहलीले आफ्नो ७४औं अर्धशतक पनि पूरा गरे । यति मात्र होइन कोहली एकदिवसीय खेलमा लक्ष्य पछ्याउँदै ८ हजारभन्दा बढी रन बनाउने दोस्रो खेलाडी पनि बने ।

भारतलाई जितका लागि ४० रन आवश्यक हुँदा कोहली ८४ रनमा आउट भए र उनी आफ्नो शतक पूरा गर्नबाट भने चुके ।

यसपछि, राहुलले हार्दिक पाण्ड्यासँगै जिम्मेवारी सम्हाले । पाण्ड्याले २४ बलमा ३ छक्काको मद्दतले २८ रनको इनिङ्स खेले ।

यस अवधिमा अस्ट्रेलियाले ७ बलरलाई प्रयोग गर्यो । तर, नथन इलिस र एडम जाम्पाबाहेक अरु कुनै पनि बलर प्रभावकारी साबित भएनन् । जाम्पा र इलिसले सर्वाधिक २–२ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाली टोलीको सुरुवात खराब रह्यो । तेस्रो ओभरको अन्तिम बलमा मोहम्मद शामीले कपुर कोनेलीलाई पभेलियनमा फिर्ता पठाए ।

तर यसपछि ट्राभिस हेड र कप्तान स्टिभ स्मिथबीच दोस्रो विकेटको लागि ५० रनको साझेदारी भयो ।

वरुण चक्रवर्तीको बलमा आउट हुनुअघि हेडले ३३ बलमा ३९ रन बनाए । स्मिथले र्धशतकीय पारी खेल्दै सर्वाधिक ७२ र एलेक्स केरीले ६१ रन बनाए ।

भारतका लागि शामी सबैभन्दा सफल बलर बने । उनले १० ओभरमा ४८ रन दिएर ३ विकेट लिए । रवीन्द्र जडेजा र चक्रवर्तीले समान २ विकेट लिए ।

यससँगै च्याम्पियन्स ट्रफीमा भारतीय क्रिकेट टोलीको अपराजित यात्रा जारी छ । समूह चरणमा भारतीय टोली आफ्ना ३ वटै खेल जितेर शीर्ष स्थानमा रहेको थियो ।

दुई पटकको विजेता भारत लगातार दोस्रो पटक च्याम्पियन्स ट्रफी को फाइनलमा पुगेको हो । अब भारतले दक्षिण अफ्रिको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

Page Views: 69
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय
  • प्रधानमन्त्री र जुत्ता उत्पादक संघका प्रतिनिधिबीच छलफल हुँदै
  • विपद्का ३ हजार बढि घटना १६० जनाकाे मृत्यु
  • देशकाे अधिकांश स्थानमा वर्षा हुने
  • आज साउने सङ्क्रान्ति पर्व मनाइँदै
  • सुनको मूल्य बढ्याे चाँदीकाे घट्याे
  • आज कुन-कुन तरकारी सस्तियाे
  • सातवटै प्रदेशमा एमालेसँगको सहकार्य तोड्दै कांग्रेस

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama