Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
बिहिबार, असार ११, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा पञ्जाब किंग्सको गुजरात टाइटन्सविरूद्ध ११ रनको जीत

- shuvadmin / बुधबार, चैत १२, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मङ्गलबारराति भएको खेलमा पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध ११ रनको जीत निकालेको छ।

नरेन्द्र मोदी स्टेडियममा भएको रोमाञ्चक खेलमा पञ्जाबले २४३ रनको चुनौती दिएको थियो, जसको जवाफमा गुजरात टाइटन्स ५ विकेट गुमाएर २३२ रनमा समेटियो।

गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाउँदै आकर्षक प्रदर्शन गरे। उनले ४१ बलमा ५ चौका र ६ छक्का हाने।

जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५४ रन बनाए। शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे।

कप्तान शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनको योगदान गरे।

पञ्जाब किंग्सको बलिङतर्फ अर्शदीप सिंहले २ विकेट लिएका थिए भने मार्को जनसेन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिएका थिए।

पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले ५ विकेट गुमाएर २४३ रन बनाएको थियो। पञ्जाबका कप्तान श्रीयास ऐयरले सर्वाधिक ९७ रन बनाए।

उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। ओपनर प्रियान्स आर्याले २३ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए।

शशांक सिंह १६ बलमा ६ चौका र २ छक्का हानेर नट आउट ४४ रन बनाए।

गुजरात टाइटन्सको बलिङतर्फ साइ किशोरले तीन विकेट लिए भने कगिसो रबाडा र रशिद खानले १/१ विकेट लिएका थिए।

अब आइपिएलको अर्को खेलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुनेछ।

Page Views: 35
संबन्धित शिर्षकहरु
फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
कतारमाथि क्यानडाकाे गाेलकाे वर्षा ६–० को जित
ताजा अपडेट
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द
  • फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
  • रास्वपाकाे प्रथम महाधिवेशनमा मतदान जारी
  • के छ चौरीदेउराली गाउँपालिकाको नीति तथा कार्यक्रममा ?
  • नेपालमा कफी संस्कृतिको विकासमा “बीन टु ब्रु बरिस्ता तालिम” को योगदान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama