Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आइपीएलमा आरसीबीको दोस्रो जीत, चेन्नई ५० रनले हार्‍यो

- shuvadmin / शनिबार, चैत १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा लगातार दोस्रो जीत निकालेको छ ।

शुक्रबार भएको खेलमा बेंगलुरुले चेन्नई सुपर किङ्स (सीएसके) लाई ५० रनले हराएको हो ।

बेंगलुरुले दिएको १९७ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो ।

रचिन रविन्द्रले सर्वाधिक ४१ रन बनाए । महेन्द्रसिंह धोनी ३० रनमा अविजित रहे भने रविन्द्र जडेजाले २५ रन बनाए ।

बेंगलुरुका लागि जोश हेजलवूडले ३ विकेट लिँदा यश दयाल र लियाम लिभिङस्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले कप्तान रजत पाटिदारको अर्धशतक तथा टिम डेभिडको फिनिसिङ मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १९६ रन बनाएको थियो ।

पाटिदारले ३२ बलमा ४ चौका र ३ छक्कासहित ५१ रन बनाए । फिल साल्टले ३१, विराट कोहलीले ३१ तथा डेभिडले अविजित २२ रन बनाएका थिए ।

चेन्नईका नूर अहमदले ३ विकेट लिँदा मथिसा पाथिरानाले २ तथा रविचन्द्रन आश्विन र खलील अहमदले १ विकेट लिए ।

आइपिएलमा आज गुजरात टाइटन्स् र मुम्बई इन्डियन्स भिड्दैछन् । खेल नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

दुवै टीमले समान एक खेल खेलेका छन् । सो खेलमा उनीहरु पराजित भएका छन् ।

Page Views: 60
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama