Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

दिल्लीविरुद्ध नेपाल यू-१९ को क्लिन स्विप, तेस्रो खेलमा पनि सानदार जीत

- shuvadmin / शनिबार, चैत १५, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, भारतको दिल्ली यू–१९ विरुद्धको एकदिवसीय अभ्यास सिरिज नेपाल यू–१९ टिमले क्लिन स्विप गरेको छ ।

शनिबार सम्पन्न तेस्रो खेलमा दिल्लीलाई ५१ रनले हराउँदै नेपालले सिरिज क्लिन स्विप गरेको हो ।

श्रृंखलाको पहिलो र दोस्रो खेलमा नेपाल क्रमशः पाँच विकेट र १०२ रनले विजयी भएको थियो ।

नेपालले सिरिज अवधिभर दिल्लीविरुद्ध सानदार बलिङ गर्‍यो । सिरिजमा दिल्लीले कुनै पनि खेलमा एक सय रन कटाउन सकेन ।

तेस्रो खेलमा नेपाल यू–१९ ले दिएको १२३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभरमा ७१ रनमै अलआउट भयो ।

उसका लागि रौनक वाघेलाले २६ बलमा सर्वाधिक १७ रन जोडे । दिल्लीका बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दिल्लीलाई ७१ रनमै अलआउट गर्नेक्रममा नेपालका दयानन्द मण्डलले ४ ओभरमा १४ रन दिएर ४ विकेट लिए ।

यस्तै, विपिनप्रसाद शर्माले दुई तथा नितेश पटेलले एक विकेट हात पारे । नेपालले तीन विकेट भने रन आउटको रूपमा प्राप्त गर्‍यो ।

नेपालले अफगानिस्तान र यू–१९ विश्वकप छनोटको तयारीस्वरूप दिल्ली यू–१९ सँग अभ्यास श्रृंखला खेलेको हो ।

नेपाल यू–१९ ले अफगानिस्तानसँग यही चैत २१, २४ र २७ गते माथिल्लो मूलपानी क्रिकेट मैदानमा एकदिवसीय सिरिज खेल्नेछ ।

त्यसपछि आयोजक नेपालले घरेलु मैदानमै यू–१९ विश्वकप छनोट खेल्ने तालिका छ ।

प्रतियोगितामा नेपाल, अफगानिस्तान, यूएई, हङकङ र ओमानले प्रतिस्पर्धा गर्ने छन् । विश्वकप छनोट १२ देखि २८ अप्रिलसम्म आयोजना हुनेछ ।

छनोट प्रतियोगिताको च्याम्पियन टिम सन् २०२६ मा जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ ।

Page Views: 64
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama