Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, साउन ०४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा मुम्बईले कोलकातालाई हरायो

- shuvadmin / मङ्गलबार, चैत १८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, मुम्बई इण्डियन्सले यस सिजनको इन्डियन प्रिमियर लिगमा पहिलो जीत हासिल गरेको छ ।

सोमबार घरेलु मैदानमा भएको खेलमा पाहुना टोली कोलकाता नाइट राइडर्सलाई १ सय १६ रनमा समेटेर मुम्बईले ८ विकेटको जीत निकालेको हो ।

मुम्बईलाई जीत दिलाउन रायन रिकलटनले नटआउट हुँदैं ४१ बलमा ६२ रन बनाएका थिए । सूर्य कुमार यादव २७ रनमा नटआउट रहे ।

कोलकाताका एन्ड्रे रसेलले दुबै विकेट लिएका थिए । यसअघि मुम्बईले दुबै खेल हारेको थियो ।

यसअघि मुम्बईको वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६।२ ओभरमा १ सय १६ रन बनाउँदै अलआउट भयो ।

कोलकाताका लागि अंगकृष्ण रघुवंशीले सर्वाधिक २६ रन जोडे । कोलकाताको ब्याटिङ ध्वस्त बनाउने क्रममा डेब्यु गरेका अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिएका थिए ।

यो कोलकाताको तीन खेलमा दोस्रो हार थियो ।

Page Views: 68
संबन्धित शिर्षकहरु
स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
ताजा अपडेट
  • साउने सोमबार शिवालयहरुमा दर्शनार्थीको भिड
  • स्पेनले जित्याे विश्वकप २०२६ को उपाधि
  • पहिराेका कारण पृथ्वी र बीपी राजमार्ग अवरुद्ध
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama