Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
शनिबार, असार १३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

भारतामा जारी आईपीएलमा दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

- shuvadmin / शुक्रबार, चैत २८, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले ४ खेलमा शतप्रतिशत जीत हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै दिल्लीले जितको यात्रा कायमै राखेको हो ।

घरेलु टोली बैङ्गलोरले दिएको १६४ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १६९ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । शतक बनाउनबाट थोरैले चुकेका उनले अविजित ९३ रन बनाए ।

उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए । यस्तै ट्रिस्टन स्टुब्सले अविजित ३३ रन बनाएपछि दिल्लीले लक्ष्य सहजै भेट्टायो ।

बैङ्गलोरका लागि भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए ।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।

बैङ्गलोरका फिल साल्टले सर्वाधिक ३७ रन बनाए । दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले २/२ तथा मुुकेश कुमार र मोहित शर्माले १र१ विकेट लिए ।

सबै खेलमा जीत हासिल गर्नका बाबजुद दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसले ८ अङ्क जोडेको छ ।

पहिलो स्थानमा गुजरात टाइटन्स छ । समान अङ्क भएपनि गुजरात नेट रनरेटले अगाडि छ । गुजरातले १ खेल बढी खेलेको छ ।

पराजित बैङ्गलोर ६ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

Page Views: 48
संबन्धित शिर्षकहरु
फिफा विश्वकपमा १२ टोली ‘नकआउट’ चरणमा प्रवेश
नेदरल्यान्ड्सले स्विडेनलाई ५-१ गाेल अन्तरले हरायाे
कतारमाथि क्यानडाकाे गाेलकाे वर्षा ६–० को जित
ताजा अपडेट
  • आजका लागि फलफूल तथा तरकारीकाे थाेक मूल्य कति ?
  • प्रतिनिधिसभाको बैठक दिउँसाे १ बजे बस्ने
  • किर्ते नागरिकताकाे सिफारिस गर्ने दुई जनप्रतिनिधि पक्राउ
  • स्वर्णिम वाग्ले उपसभापतिमा निर्विरोध निर्वाचित
  • सुनचाँदी दुवैको मूल्य घट्याे
  • जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प गयाे
  • गर्मीका कारण विद्यालय बन्द

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama