Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
सोमबार, चैत ३०, २०८२  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

चारदेशीय टि-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै

- shuvadmin / शनिबार, चैत २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

काठमाण्डू, चारदेशीय टि-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दैछ ।

हङकङको मिसन रोड ग्राउण्डमा नेपाली समयअनुसार सवा ११ बजे खेल सुरु हुनेछ ।

अहिलेसम्म अपराजित रहेको नेपाल प्रतियोगिताको फाइनलमा स्थान बनाउने लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा ८ विकेटले कतारलाई हराएको थियो । दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

दुई खेलमा ४ अंकका साथ नेपाल तालिकाको शीर्ष स्थानमा छ । हङकङ र कुवेतले २र२ अंक हात पारेका छन् ।

जितविहीन कतारको शून्य अंक छ ।

तालिकाको शीर्ष टोली फाइनलमा पुग्नेछन् भने तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । दुवै खेल आइतबार नै हुनेछ ।

यस्तो छ हेड टु हेड

हङकङसँग नेपालको विगत हेर्ने भने निकै प्रतिस्पर्धात्मक देखिन्छ ।

हालसम्म यी दुई टिमले ११ टि-२० आईमा एकअर्काको सामना गरेका छन्, जसमा नेपाल र हङकङले पाँचरपाँच खेल जितेको इतिहास छ ।

यी दुई टोलीबीचको एक खेल भने नतिजाविहीन बनेको छ । शनिबार नेपाल र हङकङ हेड टु हेड रेकर्डमा सुधार गर्ने लक्ष्यमा पनि हुने छन् ।

पछिल्लो पाँच भेटमा दुवै टिमले दुईरदुई खेल जितेका छन्, एक खेल भने वर्षाले प्रभावित भयो ।

अन्तिमपटक नेपाल र हङकङको भेट गत वर्षको २० अप्रिलमा भएको थियो ।

उक्त एसिसी प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँग नेपाल चार विकेटले स्तब्ध भयो ।

त्यो हारले नेपालको एसिया कप यात्रामा धक्का लाग्यो । यसपटक एसिसीले प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्ने टिमलाई पनि एसिया कप खेल्न दिने नियम बनाएको छ ।

नेपाल अब प्रिमियर कपमा बेहोरेको हारको बदला आज लिने योजनामा छ ।

Page Views: 28
संबन्धित शिर्षकहरु
नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्दै
नेपाल महिला टी-२० विश्‍वकप छनोटमा समूह चरणबाटै बाहिरियो
स्कटल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने नेपालको निर्णय, एक खेलाडी परिवर्तन
ताजा अपडेट
  • दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा बीएबी ५२८१ नम्बरको कार दुर्घटना, एक जनाको ज्यान गयो
  • स्थानीय तहलाई गैरदलीय बनाउन मिल्दैन : सरकार
  • भालुबाङमा कांग्रेसको प्रदेशस्तरीय निर्वाचन समीक्षा, अन्तरघात गर्नेहरूमाथि कारबाहीको माग
  • भारतीय चर्चित गायिका आशा भोस्लेको निधन
  • हाइटेक भिजनकाे नवौँ वार्षिकोत्सवमा नयाँ शाखा
  • गृहमन्त्री गुरुङ चितवन पुगे
  • विदेश जाँदा कुनै किसिमका थप बिल वा रसिद आवस्यक नपर्ने
  • भिटोफ-नेपालको २७औं महाधिवेशन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

रिर्पोटर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama