Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, साउन ०३, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा धोनीको कप्तानीमा चेन्नईको लज्जास्पद हार

- shuvadmin / शनिबार, चैत २९, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, चेन्नई सुपर किंग्स लगातार पाँच खेलमा पराजित भएको छ ।

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई कोलकातासँग पराजित भएको हो ।

ऋतुराज गायकवाड घाइते भएपछि चेन्नईको कप्तानी महेन्द्रसिंह धोनीले गरेका थिए ।

उनको कप्तानीमा खेलेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्‍यो । कोलकाताले ८ विकेटको जीत निकाल्यो ।

पहिले ब्याटिङ गरेको चेन्नईले अत्यन्त खराब प्रदर्शन गर्दै १०३ रनमा समेटिएको थियो ।

शिबम दुबेले ३१ र विजय शंकरले २९ रन बनाए । अरू ब्याटर चलेनन् । कप्तान धोन ४ बल खेलेर एक रनमै आउट हुन पुगे ।

रवीन्द्र जडेजा र दीपक हुडा शून्यमा आउट भए । बलिङतर्फ कोलकाताका सुनिल नारायणले तीन, हर्षित राना र वरूण चक्रवर्थीले दुई/दुई तथा वैभव अरोरा र मोयन अलीले १/१ विकेट लिए ।

कोलकाताले १०४ रनको लक्ष्य १०।१ ओभरमा २ विकेटमात्रै गुमाएर पूरा गर्‍यो ।

त्यस क्रममा कप्तान अजिन्क्य रहाने र रिंकु सिंहले नट आउट क्रमशः २० र १५ रन बनाए ।

त्यसअघि ओपर सुनिल नारायणले १८ बलमा २ चौका र ५ छक्का हानेर ४४ रन बनाएका थिए ।

क्वीन्टन डीककले १६ बलमा तीन छक्का हानेर २३ रन जोडे । चेन्नईका अनसुल कमबोज र नुर अहमदले एक/एक विकेट लिए ।

साविक विजेता कोलकाता ६ खेलमा तीन जित निकाल्दै ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ। चेन्नई २ अंकसहित नवौं स्थानमा छ ।

Page Views: 50
संबन्धित शिर्षकहरु
इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दै अर्जेन्टिना फाइनलमा
स्पेन फिफा विश्वकप २०२६ को फाइनलमा
नेपालकाे लगातार दोस्रो जित, सिंगापुरलाई १५१ रनले हरायाे
ताजा अपडेट
  • लोयर लण्डनको नेपाल ब्राण्ड दूत कथा क्रियसन्स
  • टेलिकमको टावरमा चढेका युवककाे सकुशल उद्धार
  • विश्व कीर्तिमानमा नेपाली शेफ साई कुमार शर्मा : चेन्नईमा नेपालको पाककलालाई अन्तर्राष्ट्रिय उचाइ
  • पशुपति क्षेत्रमा सरसफाइ गरियाे
  • देशकाे विभिन्न स्थानमा भारी वर्षा हुने
  • सोफा हबको छैटौँ वार्षिकोत्सव सम्पन्न,
  • आज नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ आयोजना
  • बागमती प्रदेशमा ८ वटा मात्रै मन्त्रालय

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama