Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
मङ्गलबार, असार ०२, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

आईपीएलमा सनराइजर्स हैदरावादको ऐतिहासिक जीत, पञ्जाब ८ विकेटले पराजित

- shuvadmin / आइतबार, चैत ३०, २०८१
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

एजेन्सी, इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा सनराइजर्स हैदरावादले पञ्जाब किङ्गसविरुद्ध अविश्वसनीय जीत दर्ता गरेको छ।

पञ्जाबले प्रस्तुत गरेको २४६ रनको विशाल लक्ष्य हैदरावादले १८.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्‍यो।

हैदरावादको जितमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शतकीय पारी खेले। उनले १४१ रनको योगदान दिए भने ट्राभिस हेडले ६६ रन बनाए। पञ्जाबका अर्शदीप सिंह र युजवेन्द्र चहलले एकरएक विकेट लिए।

यसअघि, टस जितेर ब्याटिङ रोजेको पञ्जाबले ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल तयार पारेको थियो।

पञ्जाबका लागि श्रेयस अय्यरले ८२ रनको योगदान दिए भने प्रभसिमरन सिंहले ४२ रन जोडे। प्रियान्श आर्यले ३६ रन बनाए भने मार्कस स्टोइनिस ३४ रनमा नटआउट रहे।

हैदरावादका हर्षल पटेलले ४ विकेट लिए भने इशान मालिङ्गाले २ विकेट हात पारे।

यो जितसँगै हैदरावाद ६ खेलमा ४ अंकसहित तालिकाको आठौं स्थानमा उक्लिएको छ भने पञ्जाब ५ खेलमा ६ अंकसहित छैटौं स्थानमा छ।

यसैगरी, आइतबार भएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्‍यो।

गुजरातले दिएको १८१ रनको लक्ष्य लखनउले १९.३ ओभरमा ४ विकेटको क्षतिमा हासिल गर्‍यो।

गुजरात ६ खेलमा ८ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने लखनउले पनि समान खेलमा ८ अंक जोड्दै तेस्रो स्थान सुरक्षित गरेको छ।

Page Views: 49
संबन्धित शिर्षकहरु
उद्घाटन खेलमा मेक्सिकाे दाश्राे खेलमा दक्षिण कोरिया विजयी
फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदै
विमानस्थलबाट अध्यक्ष नेम्वाङ र महासचिव राईलाई फर्काइयाे
ताजा अपडेट
  • सन्तोष साह हाजिरी जमानीमा छुटे
  • नेपालगञ्ज भन्सारबाट मासिक राजस्व संकलनमा वृद्धि
  • मत्स्यनारायणकाे एक महिने मेला सम्पन्न
  • आज कुन राशिको राशिफल कस्ताे
  • सातवटै प्रदेश सरकारले बजेट सार्वजनिक गर्दै
  • ट्राफिक प्रहरीद्वारा २४ घण्टामा १० लाख ४८ हजार बढि राजस्व संकलन
  • आज केहि स्थानमा पानी पर्ने
  • परराष्ट्र मन्त्री शिशिर खनाल चीन प्रस्थान

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama