Shuva Bihani
  • स्वास्थ्य
  • समाचार
  • अर्थ
  • शिक्षा
  • संघीय
  • प्रविधि
  • जीवनशैली
  • दर्शन / संस्कृति
  • विचार
  • देश
  • राजनीति
×
☰
आइतबार, भदौ १४, २०८३  
  • हाम्रो बारेमा
  • हामीलाई सम्पर्क
  • विज्ञापनको लागी
Shuva Bihani
    • स्वास्थ्य
    • समाचार
    • अर्थ
    • शिक्षा
    • संघीय
    • प्रविधि
    • जीवनशैली
    • दर्शन / संस्कृति
    • विचार
    • देश
    • राजनीति

बिमली बने दोस्रो कार्यकालका लागि चेम्बर अफ कमर्स झापाको अध्यक्ष

- shuvadmin / सोमबार, पुष २३, २०८०
  • Facebook
    0
  • Pinterest
    0
  • Twitter
  • Linkedin
    0
  • Whatsapp
  • Viber

झापा, चेम्बर अफ कमर्स झापाको अध्यक्षमा ओमकृष्ण बिमली निर्विरोध निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न छैटौं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट बिमली पुःन दोस्रो कार्यकालकालागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

उद्धघाटन कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डे, मेची भन्सार कार्यालय कांकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मी, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बांस्तोला, आन्तरीक राजश्व कार्यालय भद्रपुरका प्रमुख कृष्णचन्द्र काफ्ले महिला चेम्बर कमर्श झापा अध्यक्ष प्रेमा भट्टराई, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मनतब्य राखेका थिए ।

बिमलीको नेतृत्वमा ३ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले बरिष्ठ उपाध्यक्षमा यामनाथ बिमली, उपाध्यक्षमा मोहनकुमार मित्तल र प्रदिप खरेल,घनश्याम चौधरी र भिमा शिवाकोटी, सचिवमा विरोध सुवेदी, सह–सचिवमा टंकप्रसाद भट्टराई र उमादेबी भट्टराई ( प्रसाई) , कोषाध्यक्षमा शत्रुधनप्रसाद गुप्ता, सदस्य शीला ढकाल, लक्ष्मीप्रसाद सापकोटा र रोहितकुमार भट्टराईलाई चयन गरेको छ ।

99999

साधारणसभा उद्धघाटन समारोहमा कार्यक्रका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संस्था स्थापनाकालदेखि हालसम्म नेपालमा चेम्बरले पु¥याएको योगदानबारे चर्चा गर्दै र वर्तमान अवस्थामा व्यवसायीलाई धैर्यतापूर्वक आफ्नो व्यवसायमा लग्न अनुरोध गरे ।

नवनिर्वाचित अध्यक्ष बिमलीले समस्या न्यूनीकरण र गुनासोलाई सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्ने जनाए ।

उनले चिया, अलैंची सहितका कृषिजन्य बस्तुको तेस्रो बजार खोज्न र निर्यातमा सहजता ल्याउन सरकार समक्ष लबिङ गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

उनी यस अघि पनि जिल्ला अध्यक्ष थिए ।

Page Views: 97
संबन्धित शिर्षकहरु
तीजको रंगमा पूजन काफ्लेको नयाँ सांगीतिक कोशेली, ‘तीजको लहर आउँदा बरिलै’ सार्वजनिक
मिस नेपाल २०२६ को उपाधिका लागि महिमा पन्त प्रतिस्पर्धामा
आजको पञ्चाङ्ग तथा राशिफल हर्नुहाेस
ताजा अपडेट
  • अशक्त माइलीलाई घरमै नागरिकता
  • भोटेकोशी बाढीप्रभावितलाइ काभ्रेकाे ३६ लाख सहयोग
  • सुनको मूल्य ओरालो तर्फ
  • रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा ठूलो बाढीको जोखिम छैन : महाशाखा
  • अर्को सूचना जारी नभएसम्म चितवन भएर सञ्चालन हुने प्रमुख राजमार्ग बन्द
  • कुन फलफूल तथा तरकारीकाे मूल्य कति ?
  • स्वदेशी उत्पादनप्रति राष्ट्रिय आत्मविश्वास
  • उषा खड्गीको शैक्षिक प्रमाणपत्रमाथि प्रश्न: उत्तर प्रदेश बोर्डले भन्यो– रेकर्डमा नाम छैन

हाम्रो बारेमा

तपाईंको आफ्नै डिजिटल पत्रिका। हामी सत्य, तथ्य र निष्पक्ष
समाचार सम्प्रेषणका लागि सदैव प्रतिबद्ध छौं।

हाम्रो टिम

सञ्चालक : कुमार प्रसाद चौंलागाईं

सम्पादक : राजु भण्डारी

क्यामरामेन : रमेशकुमार धमला

रिपोर्टर : ज्योत्सना सिंह ठकुरी

सम्पर्क

वर्ल्डवाइड प्रोडक्सन मिडिया प्रा.लि.
सूचना बिभाग दर्ता: २२२९/०७६/०७७
का.म.न.पा – २९, काठमाण्डौ
info@shuvabihani.com
+977-01-XXXXXXX

© 2026 Shuva Bihani | All rights Reserved.

Website By : Ganesh Lama